पूर्वसभासद्हरूको रातो पासपोर्ट मोह

८ असार २०६९, शुक्रबार १२:१३ मा प्रकाशित


काठमाडौं, ८ असार । संविधानसभाको म्याद सकिएको एक महिना हुन लाग्दा पनि पूर्वसभासद्हरूले सुविधाका लागि लिएका रातो पासपोर्ट फिर्ता नगरेपछि उक्त पासपोर्ट फिर्ता गराउन सरकारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । परराष्ट्रबाट जारी गरिने रातो पासपोर्टको पूर्वसभासद्हरूले समयमै फिर्ता नगर्दा त्यसको दुरुपयोग हुन सक्ने भन्दै पासपोर्ट फिर्ताका लागि सार्वजनिक सूचना नै जारी गर्न लागेको हो । मन्त्रालयका अनुसार रातो पासपोर्टका नाममा अनेकखाले दुरुपयोग भएको भन्ने सूचना पाएपछि पासपोर्ट फिर्ता गर्न भन्दै सार्वजनिक सूचना जारी गर्न लागेको हो ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दुर्गाबहादुर सुवेदीले पूर्वसभासद्हरूको स्थायी ठेगाना पत्ता लाग्न नसकेको र उनीहरूको सम्पर्क नम्बर पनि नभएकाले रातो पासपोट फिर्ता लिन नसकिएको बताए । उनले भने, ‘यसका लागि हामी सार्वजनिक सूचना जारी गर्ने तयारीमा छौं ।’ ‘फिर्ता भएको पासपोर्टको लगत सङ्कलन गरी रद्द गरेका छौं,’ सुवेदीले भने, ‘पूर्वसभासद्हरूसंग सम्पर्क हुन नसक्दा केही समस्या भएको छ ।’ उनले सम्पर्क भएका पूर्वसभासद्ले पनि पासपोर्ट बुझाउन अनाकानी गरेको बताए ।
केहीले पासपोर्ट हराएको भन्दै दिन नमानेको मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘केही सभासद्हरूले त संविधानसभाको म्याद सकिनुभन्दा एक हप्ताअगाडि मात्र पनि रातो पासपोर्ट लिएका छन् ।’ त्यसरी रातो पासपोर्ट लिएकाहरू यतिबेला मन्त्रालयको सम्पर्कमा आएका छैनन् । रातो पासपोर्टका नाममा धेरैखाले गैरकानुनी काम भएको भन्ने सूचना मन्त्रालयमा आएको पनि ती अधिकारीले बताए । रातो पासपोर्ट बोकेकालाई प्रहरीले पनि त्यति धेरै कडा चेकजांच गर्दैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्रबाट पांच सयभन्दा बढी पूर्वसभासद्हरूले रातो पासपोर्ट लिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले पनि रातो पासपोर्ट दुरुपयोग हुन सक्ने बताउ‘दै पूर्वसभासद्हरूले लिएको रातो पासपोर्ट फिर्ता लिन भन्दै परराष्ट्रलाई पत्रचार गरिसकेको प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । ‘पूर्वसभासद्हरूले रातो पासपोर्ट फिर्ता गरे÷नगरेकोबारे जानकारी मागेका छौं,’ उनले भने, ‘तर, हामीलाई अहिलेसम्म परराष्ट्रले जानकारी दिएको छैन ।’ सतर्कता केन्द्रले पूर्वसभासद्हरूले रातो पासपोर्ट दुरुपयोग हुन सक्ने भन्दै त्यसबारे सजग रहन मन्त्रालयलाई निर्देेशन दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा