पाकिस्तानमा भोलि प्रधानमन्त्रीको निर्वाचन

७ असार २०६९, बिहीबार १७:५२ मा प्रकाशित

काठमाडौ, ७ असार । पाकिस्तानमा फेरि राजनीतिक अस्थिरता गहिरिएको छ । पाकिस्तानका वर्तमान प्रधानमन्त्री युुसुफ रजा गिलानीले हिजोमात्र आफ्नो पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको छ । यसैबीच पाकिस्तानका सञ्चारमाध्यमहरुले आज राष्ट्रपति जर्दारीले आज टेक्सटाइल एवम् उद्योगमन्त्री माकधुम साहबुद्दिनलाई मनोनित गर्नुभएको जनाएका छन् । पाकिस्तानको राजनीतिक सङ्कटकैबीचमा राष्ट्रपति जर्दारीले भोलिका लागि संसदको बैठक आह्वान गर्नुभएको छ । भोलि बस्ने संसद बैठकमा नयाँ प्रधानमन्त्री चयन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री गिलानीको राजिनामापछि राष्ट्रपति जर्दारीले हिजै मुलुकको राष्ट्रिय सभाको अधिवेशन बोलाउनुभएको थियो ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीलाई अदालतको मानहानी गरेको आरोपमा पदमुक्त गरेपछि जर्दारीले उहाँको स्थानमा नयाँ प्रधानमन्त्रीको चयनका लागि तीन दिनसम्म पाकिस्तानका राजनीतिक दलहरुसँग वार्ता गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्रीका लागि प्रस्तावित माकधुम साहबुद्दिनलाई पक्राउ पुर्जी जारी भएको छ । त्यहाँ लागू औषधि नियन्त्रक निकायले उहाँलाई पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही