कोरियन दूतावास नजिक धर्ना

७ असार २०६९, बिहीबार १७:४९ मा प्रकाशित

काठमाडौ, ७ असार । रोजगारीका लागि दक्षिण कोरियामा जान रोजगारी अनुमति प्रणालीअन्तर्गत परीक्षामा उत्तीर्ण भएका महिलाले कोरिया जाने माग गर्दै रविभवनस्थित कोरियाली दूतावास नजिक आज धर्ना दिएका छन् । सन् २०१० मा लिइएको रोजगारी अनुमति प्रणालीअन्तर्गत उत्तीर्ण भएर पनि अहिलेसम्म कोरिया जान अवसर नपाएकाले उनीहरुले दूतावास नजिक आज धर्ना दिएका हुन् । कोरियाले प्रत्येक वर्ष रोजगारी अनुमति प्रणालीबाट स्तरीय परीक्षा सञ्चालन गरी नेपाली श्रमिकलाई कोरियामा काम गर्नका लागि माग गर्ने गर्दछ । सन् २०१० मा सो प्रणालीअन्तर्गत उत्तीण भएका पुरुष श्रमिक सबै गइसकेको र करिब ३५० महिला उत्तीर्ण भएको भए पनि ३०० महिला जान बाँकी रहेको धर्ना कार्यक्रमका संयोजक तोया गिरीले जानकारी दिनुभयो । उहाँले दुई देशका श्रम मन्त्रालयका अधिकारीले छलफल गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से