जनवर्गीय सङ्गठनमा वैद्य नेतृत्वको पार्टी हाबी

७ असार २०६९, बिहीबार १७:४७ मा प्रकाशित

काठमाडौ, ७ असार । एकीकृत नेकपा माओवादी सम्बद्ध जनवर्गीय सङ्गठनका अधिकांश अध्यक्षहरुले नवगठित नेकपा, माओवादीको पक्षमा आफ्नो समर्थन जनाएका छन् । ती जनवर्गीय सङ्गठनका अध्यक्षहरुले आज  पत्रकार सम्मेलन गरी आफूहरु नवगठित माओवादीको पक्षमा रहेको जनाएका हुन् । पत्रकार सम्मेलनमा एकीकृत माओवादी सम्बद्ध २६ वटा जनवर्गीय सङ्गठनमध्ये १९ वटा जनवर्गीय सङ्गठनका अध्यक्षहरु नवगठित माओवादीमा रहेको दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले बताउनुभयो । नवगठित पार्टीको पक्षमा महिला, दलित, पत्रकार, शिक्षक, कर्मचारी, खेलाडी, स्वास्थ्यकर्मी, प्राध्यापक, जनसांस्कृतिक महासङ्घ, आदिवासी–जनजाति महासङ्घ, उद्योग व्यापार महासङ्घ, बेपत्ता परिवार समाजलगायतका अध्यक्षहरुले ऐक्यबद्धता जनाएका हुन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा नवगठित नेकपा, माओवादीलाई दृढ समर्थन गर्दै यस पार्टीले प्रतिपादन गर्ने रणनीति, कार्यदिशा, कार्यनीति, कार्ययोजना र सङ्घर्षका कार्यक्रममा दृढ समर्थन रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा एकीकृत माओवादी पार्टीको नेतृत्व संसद्वाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादमा फसेको उल्लेख गरिएको छ । संस्थापन एकीकृत माओवादीको पक्षमा विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, सुकुम्वासी, भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा