पाँचबुँदे सहमति कार्यान्वयनबाटै सङ्कट समाधान हुने सभापति कोइरालाको भनाइ

७ असार २०६९, बिहीबार १७:४३ मा प्रकाशित

काठमाडौ, ७ असार । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँचबुँदे सहमतिको कार्यान्वयनबाट नैै वर्तमान राजनीतिक सङ्कट समाधान हुने बताउनुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका घटनालाई केन्द्रबिन्दु बनाई तयार पारिएको “चुकेनन् योद्धाहरु” नामक गीतिसङ्ग्रह सिडी क्यासेटको आज विमोचन गर्दै कोइरालाले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लङ्घन गरी चुनाव घोषणा गरेकाले यसका विरुद्ध पार्टीले सङ्घर्षमा उत्रिएको उल्लेख गर्नुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद धनी विचार हो भन्दै सभापति कोइरालाले यसलाई समाप्त गर्न खोज्ने तत्वहरु आफैँ समाप्त भएर जाने विचार व्यक्त गर्नुभयो ।  उहाँले प्रजातन्त्रमा आस्था र विचार राख्ने सबैका लागि यो सिडीले प्रेरणा दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सभापति कोइरालाले सिडीमा स्वर दिएका कलाकार र यसको निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्नुभयो । स्रष्टा लीला नेपालद्वारा रचिएको सो सिडीमा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताले दिनुभएको योगदानको विषयवस्तुमा गीतहरु रचिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको