प्रधानमन्त्री भट्टराई र नर्वेली प्रधानमन्त्रीबीच भेट

७ असार २०६९, बिहीबार १७:२९ मा प्रकाशित

रियो द जेनेरियो (ब्राजिल), असार ७ – प्रधानमन्त्री बाबुराम भट्टराई र नर्वेली प्रधानमन्त्री जेन्स स्टोल्टेनवर्गबीच यहाँ भइरहेको दिगो विकाससम्बन्धी राष्ट्रसङघीय सम्मलेनको सिलसिलामा बिहीबार भेटवार्ता भएको छ ।

सो अवसरमा उनीहरुबीच शान्तिप्रक्रिया, वित्तीय लगानी र नेपालमा जलविद्युतको सम्भाव्यता लगायतका द्धिपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटपछि प्रधानमन्त्री भट्टराईले नर्वेली सरकारले आफूले नेपाललाई दिइरहेको विकास सहायताको समीक्ष गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘नर्वे सरकार नेपाललाई जलविद्युत विकासमा थप लगानी गर्न इच्छुक छ’, नर्वेली प्रधानमन्त्रीलाई उधृत गर्दै प्रधानमन्त्री  भट्टराईले भने ।
सो अवसरमा प्रधानमन्त्री भट्टराईले नेपालमा राजनीतिबाहेक आर्थिक विषयहरुमा राजनीतिक दलहरुबीच मतभेद नभएको कुरा नर्वेली समकक्षीलाई जानकारी गराएका थिए । त्यस अवसरमा अन्तराष्ट्रिय विकासमन्त्री हिक्की होल्मसको पनि सहभागिता थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव