पार्टी फुटाएर क्रान्ति नहुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार पौडेलको भनाइ

७ असार २०६९, बिहीबार १२:२७ मा प्रकाशित

म्याग्दी, ७ असार । एकीकृत नेकपा माओवादीका पोलीटव्युरो सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाकार देवेन्द्र पौडेलले पार्टी फुटाएर क्रान्ती सम्भव नभएको बताउनुभएको छ । पार्टी एकताको पक्षमा हुदा हुँदै पनि वैद्य पक्षले क्रान्ति र बर्ग मुक्तिका लागि भन्दै पार्टी फुटाउनु दुर्भाग्यपुर्ण भएको पौडेलको प्रतिक्रिया थियो । बाम शक्ति र  एकता विना क्रान्ति र बर्गमुक्ति सम्भव नभएको पौडेलको भनाइ थियो । एकीकृत नेकपा माओवादी म्याग्दीका कार्यकर्ताहरुसंगको भेटघाटपछि पौडेलले पार्टी एकताबाट विचलीत बनेर छुट्टै पार्टीको घोषण गरी क्रान्ती गर्छौ भन्नु वैद्य समुहको आवेगको परिणाम रहेको बताउनुभयो । क्रान्ति फुटेर र आवेगको निर्णयमा नभई निश्चित लक्ष्य, कार्यदिशा, निसाना बनाएर निश्चित बर्गको मुक्तिका लागि हुने भन्दै पौडेलले वैद्य समुहको निश्चित निसाना र कार्यदिशा नभएकाले विद्रोह र क्रान्ति सम्भव नभएको उल्लेख गर्नुभयो । पौडेलले दलहरुबीच राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभयो । उहाँले दल विषेशको चित्त नबुझेर सडकबाट राजीनामा माग्दैमा राजीनामा दिने नभई संविधान सभा समते नरहेको अवस्थामा सहमति कायम भएमा मात्रै प्रधानमन्त्रीको राजीनामा हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई