पार्टी नफोडी तत्काल पार्टीभित्रै संघर्ष गर्ने एमाले असन्तुष्ट नेताको निर्णय

७ असार २०६९, बिहीबार १२:२४ मा प्रकाशित

काठमाडौ, ७ असार । नेकपा एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले तत्कालका लागि पार्टीमै बसेर संघर्ष गर्ने भएका छन् । काभ्रेको धुलिखेलमा चलिरहेको एमाले जनजाति र मधेसी नेताहरुको भेलाले एमालेमा आफूहरुको माग सम्बोधन गराउनको लागि दवाव दिने निचोड निकालेको असन्तुष्ट एमाले नेता राजेन्द्र श्रेष्ठले जानकारी बताउनुभभयो । सकभर पार्टीमै बसेर मागहरुको सुनुवाई गराउने, नभएमा नयाँ पार्टी गठन लगायतका विकल्प खुल्ला रहेको श्रेष्ठको भनाई छ । असन्तुष्ट नेताहरुको बैठक जारी छ । एमालेका आदिवासी, जनजाति तथा मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीले संघीयताको बारेमा आफूहरुले राखेको मागमा नेतृत्वले कुनै सुनुवाइ नगरेको भन्दै पार्टीका बैठक तथा औपचारिक कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार