युरोकपमा अधिकारकर्मीदेखि प्रशंसकसम्म नाङ्गिए

७ असार २०६९, बिहीबार १२:०६ मा प्रकाशित


युरोकप २०१२ को शुभारम्भसंगै वेश्यावृत्तिको विरोध गर्दै आएका महिला अधिकारकर्मीहरू लिग चरणको अन्त्यसम्म आइपुग्दा सर्वाङ्ग हुन पुगेका छन् । युरोकप २०१२ ले आयोजक राष्ट्र युक्रेनमा वेश्यावृत्ति बढाएको आरोप लगाउंदै ती महिला अधिकारकर्मीहरूले युरोकपलाई बहिष्कार गर्दै आएका थिए । नाङ्गो शरीरमा ‘फक युरो’ लेखेर युरोकपको विरोध गर्दै आएका अधिकारकर्मीहरूले अहिले आफ्नो लडाईलाइ अझ तीव्र पारेका छन् । अधिकारकर्मीहरूले आफ्नो प्रदर्शनलाई सडकमा मात्र सीमित नराखी रंगशाला र युक्रेनको राजदूतावाससम्म पु¥याइसकेका छन् । अहिले पनि आफ्नो विरोध अभियानलाई जारी राख्दै आएका अधिकारकर्मीहरूले यो प्रदर्शन युरोकपसम्म नटुङ्गिने प्रस्ट पारेका छन् ।
प्रतियोगिता शुभारम्भ हुनुअघि आयोजक देशका विभिन्न सहरहरूमा ट्रफी घुमाउने प्रचलन छ । यसक्रममा युरोकप २०१२ का संयुक्त आयोजक पोल्यान्ड र युक्रेनका विभिन्न सहरहरूमा ट्रफी घुमाउने कार्यक्रम रहेको थियो । पोल्यान्डका सहरहरूमा युरोकप अर्थात् ट्रफीको भव्य स्वागत गरिए पनि युक्रेनमा भने ठीक उल्टो भएको थियो । त्यहांका महिलावादी अधिकारकर्मीले युरोले युक्रेनमा वेश्यावृत्ति र यौन विकृति बढाउंछ भन्दै त्यसको विरोधमा टपलेस भएर उत्रिएका थिए । विरोधकै क्रममा ती अधिकारकर्मीले युक्रेनी सहर डिप्रोपेट्रोस्क सहरमा सुरक्षा घेरा तोडेर युरोकपको ट्रफी नै फुटाउने प्रयाससमेत गरेका थिए । अकस्मात् अनौठो तरिकाबाट गरिएको विरोधबाट सुरक्षाकर्मीले बल्लबल्ल ट्रफीलाई बचाउन सफल भएका थिए । आयोजक मुलुक युक्रेनमा युरोकपको विरुद्धमा व्यापक प्रदर्शन हुन थालेपछि थप सुरक्षा प्रदान गरी अन्य सहरमा ट्रफी प्रदर्शन गरिएको थियो । सो अवसर पुनः ती महिला अधिकारकर्मीले सुरक्षा घेरा तोडेर ट्रफी फुटाउने असफल प्रयास गरेका थिए । ट्रफी प्रदर्शनका क्रममा व्यापक विरोधको सामना गर्नुपरेपछि युक्रेन सरकारले युरोकप आयोजना स्थलमा व्यापक सुरक्षाको प्रबन्ध मिलाएको थियो । त्यसपछि अप्रिय घटना नघटे पनि दिनहुं विरोधका कार्यक्रमहरू भने रोकिएका छैनन् । सामान्य झडपहरू भइरहेका छन् भने अधिकारकर्मीहरूले सडक र रंगशालाभित्रैबाट पनि युरोकपको विरोध गरिरहेका छन । जसले गर्दा युक्रेनी सरकारका लागि युरोकप टाउको दुःखाइको विषय बन्न पुगेको छ ।
युरोपमा बढ्दै गएको चरम आर्थिक सङ्कटका कारण अहिले विभिन्न पेसाकर्मीहरूले वेश्यावृत्तिलाई कमाई खाने भांडो बनाइरहेका छन् । यसमा चर्चित मोडेल, सिने अभिनेत्रीदेखि लिएर कलेजमा अध्ययनरत युवती र सर्वसाधारण प्रमुख रूपमा रहेका छन् । ती वेश्यावृत्तिमा कार्यरत युवतीले ग्राहकको मागअनुसार आफ्नो मूल्य पनि तोकेका छन् । वेश्यावृत्तिमा संलग्न युवतीले प्रतिघन्टा २५ देखि ६० युरोसम्म लिने गरेको बताएका छन् । ग्राहकहरूलाई सन्तुष्ट पार्न विभिन्न पोजमा यौनक्रीडा गर्नुपर्ने भएकोले चर्चित मोडेल तथा सिनेकर्मीहरूले आफ्नो भाउ सोहीअनुसार बढाएको खुलासा गरेका छन् । आर्थिक सङ्कटमा गांजिएको बेलामा आफूहरू युरोकपको प्रत्यक्ष फाइदा लिन वेश्यावृत्तिमा होमिएको उनीहरूले बताएका छन् । करिब एक महिनासम्म चल्ने युरोबाट ६ महिनाका लागि खर्च जुटाउन यो पेसामा बाध्यतावश होमिएको उनीहरूको दाबी छ । स्मरण छ, युरोपको खस्किंदो आर्थिक अवस्थाका कारण हालै संयुक्त राज्य अमेरिकाले युरोपियन युनियनलाई करोडौं डलरको आर्थिक सहयोग गरेको थियो । जसले अहिले युरोपले केही राहतको सास फेरेको छ ।
युरोकपमा महिला अधिकारकर्मीले व्यापक विरोध गर्ने क्रममा नाङ्गो रूपमा प्रस्तुत भइरहेको अवस्थामा विभिन्न मुलुकबाट युरोकपको प्रत्यक्ष रसास्वादन गर्न आएका युवती पनि आफ्नो मुलुकको समर्थन गर्ने क्रममा विभिन्न हाउभाउ र कटाक्ष गर्दै क्रमिक रूपमा नाङ्गिदै गइरहेका छन् । अनुहारमा विभिन्न रंगरोगनदेखि टपलेस शरीरमा आफ्नो मुलुकको झन्डा र टिसर्ट बनाएर रंगशालामा उत्रिएका छन् । जुन युरोकप २०१२ को लागि निल्नु न ओकल्नुको विषय बन्दै गएको छ । अझ लिग चरणअन्तर्गत दोस्रो चरणको डेनमार्क र जर्मनीविरुद्धको खेल हुनु एक दिनअघि पोर्न फिल्मका कलाकारहरूले टपलेस भएर रमाइलो र सनसनीपूर्ण फुटबल खेल खेलेपछि युरोकपमा महिला नाङ्गिनेहरूको संख्या ह्वात्तै बढेको थियो । ती पोर्न फिल्मका कलाकारहरूले डेनमार्क र जर्मनीको जर्सी पेन्टिङ गरेर टपलेस भएर बर्लिनमा फुटबल खेलका थिए । आफ्नो टिमलाई समर्थन गर्ने यो अनौठो तरिकाले युरोकपमा अहिले सनसनी फैलाएको छ । रातारात चर्चामा आउन चाहनेहरूका लागि यो राम्रो अवसर मानिए पनि फुटबलमा भित्रिएको यो विकृति र छाडापनले फुटबलको लोकप्रियतामा भने प्रश्नचिह्न खडा गरिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

काठमाडौं । विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर गत जनवरी १ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए ।

काठमाडौँ ।इन्डियन प्रिमियर लिग आइपिएल अन्तरगा आज पन्जाब किङ्गस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साँझ पौने ८ बजे सुरु