नायिका विनिता बरालसँग सार्वजनिक अपराधमा प्रहरीद्धारा बयान

७ असार २०६९, बिहीबार १२:१२ मा प्रकाशित

काठमाडौ, ७ असार । चपली हाईटबाट नेपाली रजतपटमा सेक्स बम नायिकाको रुपमा उदाएकी नायिका विनिता बराल तल्लो स्तरको गालि गलौच र ब्यवहार गरेको अभियोगमा आफ्नै सहकर्मीको उजुरीमा सार्वजनिक अपराध र ठगीको अभियोगमा  महानगरिय प्रहरी परिषर ललितपुरमा बयानका दिनु परेको छ ।
उनी चपली हाईट चलचित्रका नायक राज घिमिरेलाई तत्लो स्तरको गालिगलौच, असभ्य, भल्गर शब्दमा फेस बुक र ईमेलमा सन्देशहरु लेखेको अभियोगमा बयान दिन जानु परेको हो ।
महानगरिय प्रहरी परिषर ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठले नायक राजले आफूलाई अत्यन्तै तल्लो स्तरको गालि गरेको भनि विनितासँगै बस्ने उनले भाई भन्ने दिक्पाल कार्कीविरुद्ध उजुरी गरेकोमा दिक्पालले विनिताको संलग्नता बताएपछि प्रहरीले उनलाई बयानकालागी बोलाएको जानकारी दिए ।
श्रेष्ठले नायक राजले उजुरीसँगै उपलब्ध गराएको सन्देश अत्यन्तै आपत्ति जनक, अश्लिल र यौन सँग सम्बन्धीत रहेको बताए । उनले राजको उजुरीमा सार्वजनिक अपराधमा मुद्दा चल्ने सम्भावना औल्याए ।
नायिका बरालले भने आफू सँगै बस्ने भाई दिक्पाल विरुद्ध राजले उजुरी गरेकोमा आफ्नो नाम पनि मुछिएपछि आरोप बारे स्पष्ट पार्न आफू प्रहरीकोमा गएको स्विकार गर्दै आरोप स्पष्ट पारेर आफु फर्किएको बताईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको