बजेटमा सहमति जुटाउन अर्थमन्त्रीले एमाले र काग्रेसका शिर्ष नेताहरुसँग छलफल गर्ने

७ असार २०६९, बिहीबार ०९:१० मा प्रकाशित

 

काठमाडौ, ७ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सहमति जुटाउने प्रयासस्वरुप अर्थमन्त्री बर्षमान पुनले आज नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने भएको छ । संसद नरहेको अवस्थामा अध्यादेशबाटै बजेट ल्याउनुपर्ने वाध्यताकाबीच विपक्षी दलहरुको सहमति जुटाउन अर्थमन्त्रीले छलफल सुरु गर्नुभएको हो । अर्थमन्त्रीका स्वकीय सचिव डिपी ढकालका अनुसार आज अर्थमन्त्री पुनले नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग छलफल गर्दै हुनुहुन्छ । छलफल विहान हुने भनिए पनि समयको टुङ्गो नलागेको ढकालले बताउनुभयो । राष्ट्रपति डा रामवरण यादवले यसअघिको भेटमा अर्थमन्त्रीलाई सबै दलको सहमतिमा बजेट ल्याउने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो । आर्थिक बर्षको अन्त्य हुनै लाग्दा बजेट नल्याउँदा मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावका विषयमा अर्थमन्त्रीले विपक्षी दलका नेताहरुलाई विश्वासमा ल्याउने प्रयास गर्नुहुने बताइएको छ । विपक्षी दलहरुले भने राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीले बाटो खुल्ला नगरेसम्म बजेटको बारेमा कुनै छलफल नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव