पार्टी विवाद मिलाउन एमाले केन्द्रीय समितिको बैठक बस्दै

७ असार २०६९, बिहीबार ०९:१० मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दैछ । विहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा सुरु हुने बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र सुझावको बारेमा छलफल हुने एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको चुलिदो विवादलाई मिलाउने बारेमा पनि केन्द्रीय समितिको बैठकमा कुराकानी हुनेछ । एमालेका आदिवासी, जनजाति तथा मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले संघीयताको बारेमा आफूहरुले राखेको मागमा नेतृत्वले कुनै सुनुवाइ नगरेको भन्दै बैठक तथा पार्टीका औपचारिक कार्यक्रम बहिस्कार गर्दै आएका छन् । एमालेले राज्यको पुनःसंरचना बहुजातीय प्रदेशका आधारमा हुनुपर्ने निष्कर्ष निकालेको छ । काठमाडौँमा गएको ४ र ५ मा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता अनुरूप पहिचान र सामथ्र्यको सन्तुलनमा आधारित नेपाली विशेषता सहितको मुलुकको सङ्घीय ढाँचा बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।