जनजाती नेताहरुको मागमा आज काङ्ग्रेस केन्द्रीय समितिमा छलफल हुने

७ असार २०६९, बिहीबार ०९:०९ मा प्रकाशित

काठमाडौ, ७ जेठ । समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टी एकतापछिको रणनीति तय गर्ने बारेमा छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बोलाइएको छ । दिउँसो तीन बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बैठकमा आज विशेष गरेर आदीबासी जनजाती नेताहरुले सभापति सुशिल कोइरालालाई बुझाएको माग पत्रको विषयमा छलफल हुने छ । त्यसैगरी पार्टी विवाद मिलेपछि देशभरका जिल्ला नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन र बिभिन्न सङ्घ, सङ्गठनको पुनर्गठन तथा नियुक्तिको बारेमा छलफल हुने नेता विमलेन्द्र निधीले जानकारी दिनुभयो । बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् । संविधानसभाको विघटनपछिको राजनीतिक तथा संवैधानिक सङ्कटको निवारण गर्ने बारेमा पनि बैठकमा कुराकानी भइरहेको नेता निधीले बताउनुभयो । बैठकमा आआफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यहरुले सरकारविरुद्वको मोर्चाबन्दी र प्रमुख राजनीतिक शक्तिहरुबीचको छलफललाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिने गरेका छन् । हिजोको बैठकमा सभापति सुशील कोइरालाले काङ्ग्रेसको अग्रसरतामा अहिले मुलुकमा देखिएको राजनीतिक र संवैधानिक सङ्कटको निकासको लागि पहल सुरु भएको र यसलाई निरन्तरता दिने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस