रेखा र छवि मिलेपछि दुनियाँ हेर्याहेर्यै्

७ असार २०६९, बिहीबार ०४:२७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । नायिका रेखा थापा अनि उनका पति तथा चलचित्र निर्माता छवि ओझाको सम्बन्ध बिग्रियो भनेर खुसीले ताली बजाउने अनि भोज खाने र खुवाउने सोच बोकेकाहरू यतिबेला तिल्मिलाएका छन्। सिनेमाको कथाजस्तै नकारात्मक परिवेशबाट सुरु भएको यी दुईबीचको सम्बन्धको कथा अन्ततः सकारात्मक रूपमा पुगेर सकिएपछि नकारात्मक सोच बोकेकाहरू हाल फ्लप हुन पुगेका छन्। ‘छवि र मलाई मानिस किन उचाल्न आउँछन् मैले बुझेकी छैन। उसको कानमा गएर अनेक कुरा गर्ने अनि मलाई पनि आएर उचाल्नेहरूबाट अब हामी सतर्क भएका छौँ,’ रेखाले घटना र विचारसँग भित्री कुरा खोलिन्। आफ्नो सुखमय परिवारमा बाधा–अड्चन पैदा गरेर कसलाई के फाइदा हुन्छ? रेखाले पनि बुझेकी छैनन्। त्यसैले त उनले भनिन्, ‘यहाँ आफ्नो काम छोडी–छोडी अरूको चासो दिनेहरूले नै हामीलाई छुटाउन खोजेका थिए तर तिनीहरू सफल भएनन्,’ रेखाले भनिन्।
रेखा अब अनावश्यक रूपमा साथी साथी भनेर नहिँड्ने सोचमा पुगेकी रहिछिन्। सिनेमा क्षेत्रभन्दा बाहिरका साथीहरूसँग घुलमिल हुने तर सिनेमासँग केवल व्यावसायिक सम्बन्ध मात्र राख्ने सोचमा पुगेकी छिन्। ‘यता मसँग ठिक्क पारेर उता भए–नभएका कुरा लगाउनेहरूले नै हामीलाई फुटाउन खोजेका रहेछन्। तर, तिनीहरूको योजना असफल भयो,’ रेखाले थनिन्।
रेखा र छवि नफुट्ने, नटुट्ने र नचुँडिने कुरा त्यतिबेला निश्चित भयो, जतिबेला अन्य हिरोइनहरूलाई छोडेर छविले फेरि चलचित्रमा रेखा थापालाई नै नायिकाको रूपमा अनुबन्धित गरे। रेखालाई लिनुहुन्न भनेर छविलाई नयाँनयाँ नायिकाहरू देखाउने र उनीहरूको तस्बिर पुर्याकउने मध्यस्थकर्ताहरू पनि यतिबेला लाजले भुतुक्कै भएका छन्।
‘छविको क्याम्पबाट रेखा आउट’ भनेर प्रचारप्रसार गर्नेहरू हाल असफल भएपछि छवि ओझाले निर्माण गर्ने चलचित्र ‘हमेसा’मा रेखा अनुबन्धित भएपछि उनीहरूले रेखा भित्रिइन् भनेर भन्न सक्ने आँट गरेका छैनन् ‘यहाँ नकारात्मक कुराको बढी हल्ला हुन्छ। सकारात्मक कसले पो गर्छ र?’
रेखाको चित्त दुखाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक