ईटालीमा नेपाली संस्कृतिको प्रोमोसन

७ असार २०६९, बिहीबार ०४:१२ मा प्रकाशित

ईटाली । ईटालीको पादोभा शहर स्थित Scuola Danza Vassili भन्ने डान्स स्कूल र Ponte San Nicolo भन्ने कमुनेको संयुक्त आयोजनामा एउटा नृत्य साँझको आयोजना गरिएको थियो । जसमा ३०० भन्दा बढी ईटालीयन र विभिन्न देशका पाहुनाहरुको उपस्थिती रहेको थियो । जसमा ईटालीयन, अरवियन, इङलिस र नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो । नेपाली फिल्म माइतीघरको “माइतीघर” भन्ने बोलको गीतमा श्रीमती लक्ष्मी श्रेष्ठ भट्टराईले नेपाले संस्कृति झल्कने पोशाकमा नेपाली नृत्य प्रस्तुत गरी उपस्थित सबैलाई नेपाली नृत्य र संस्कृतिको परिचय गराउनु भएको थियो ।

उक्त कार्यक्रममा एन. आर. एन ईटालीका अध्यक्ष डा. अनिल भट्टराई लगाएत अन्य नेपालीहरु एवं नेपालबाट धर्म पुत्रको रुपमा ईटालीमा ल्याइएका नेपाली बच्चाहरुको पनि उपस्थिती थियो । उक्त कार्यक्रममा उपस्थित हुनु भएका सबैले नेपाली नृत्य र संस्कृतिको अनुभव लिने अवसर प्रदान गरेकोमा एन.आर.एन. ईटाली लगायत सबै नेपालीलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र