टेक्ससको अस्टिनमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

७ असार २०६९, बिहीबार ०४:०७ मा प्रकाशित

सुदर्शन् धिताल, टेक्सस । टेक्सस राज्यको रमणिय नगरी एबम् राजधानी अस्टिनमा गत आइतबार जुन १० का दिन एक बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भयो । अन्तराष्ट्रिय कलाकार मन्च डालास च्याप्टरको सँयोजकत्वमा एभरेस्ट नेपाल ग्रुप अफ अस्टिनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वाको, टेम्पल्, राउन्डरक्, सान एन्टोनियो साथै अस्टिन वरपरका विभिन्न शहरहरुमा बसोबास गर्ने नेपाली साँस्कृतिलाई माया गर्ने नेपाली तथा बिदेशीहरुको बिशाल उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवात स-साना बहिनीहरु बर्षा भण्डारी, डिम्पल अधिकारी तथा पृशा ग्यवलीबाट पानसमा बत्ती बाली भएको थियो भने एभरेष्ट नेपाल ग्रुप अफ अस्टिनको ब्यानर उद्घाटन कार्यक्रम पन्च कन्याहरु सुप्रिया धिताल्, आन्या सन्जेल्, एलिशा शर्मा, सोफिया नेउपाने तथा भूमिका ठकुराठीबाट गरिएको थियो ।
निर्धारित समय भन्दा ढिला गरी सम्पन्न भएको कार्यक्रममा उक्त सँस्थाले अस्टिन वरपर बसोबास गर्ने नेपालीहरुमा भएका प्रतिभाहरुको खोजी तथा पहिचान गरी उपयुक्त स्थान दिदै नेपाली कला सँस्कृतीलाई अन्य समुदाय माझ परिचित गराउदै यस क्षेत्रमा नेपाली सँस्कृती झल्कने कार्यहरु गर्ने निती लिएको छ । साथै नेपाली समुदायलाई हित हुने गरी छिट्टै कार्य योजनाहरु प्रस्तुत गर्दै नेपाली मन्दिरको स्थापना गर्ने प्रमुख लक्ष लिएको कुरा प्रस्तुत गरियो ।

जिवन्त अभिनय गर्ने प्रतिष्ठित कलाकार सरोज खनाल तथा नवोदित कलाकार जिज्ञासा अर्यालको प्रस्तुतीले दर्शकको वाह वाही प्रसस्तै पाएको थियो भने चर्चित हास्य कलाकार मनोज गजुरेलको हास्य प्रहर्शनको बेजोड प्रस्तुतीलाई स्थानिय कलाकार रोशन वाग्लेले सहयोग गर्नु भएको थियो । देउरालीको चौतारीमा सङिनीले छोप्दै गर्दा पुरै अस्टिन लाई अझै झझल्को आउने गरी युवा धड्कन बरिष्ठ पप गायक सन्जिब प्रधानका हरेक गीतहरुले बालक तन्नेरी र बृद्ध सबैलाई नचाए भने सुमधुर स्वरकि धनी सरिस्मा अमात्यका नया तथा पुराना गीतहरुले सबैलाई मोहित पार्यो । स्थानिय गायनमा दर्जनौ गीतहरु गाइ सक्नु भएकी गायिका सपना श्रेष्ठ, गीतकार, कवी तथा गायक किरण श्रेष्ठ तथा प्रतिभाशाली असँख्य सम्भावना बोकेका स्थानिय नेपाली मुलका भुटानी गायक शिव राईको गायनको मन्त्र मुग्ध कण्ठबाट प्रशंसित थियो ।

एभरेष्ट नेपाल कल्चर ग्रुप का बरिष्ठ नृत्य निर्देशक अष्ठ माया कोईरालाको नृत्य सँयोजनमा बर्षा भण्डारी, आस्मा कडैरिया, युक्ता तिमील्सिना, उपासना खनाल, आकान्क्षा कडैरिया, कन्चन मानन्धर्, मिमन्सा श्रेष्ठ, भावना आचार्य तथा एभरेष्ट नेपाल कल्चर ग्रुपका नृत्य निर्देशक स्वयम अष्ट माया कोईराला लाई ठाकुर कोईरालाले नृत्यमा साथ दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद