कार्यकर्ता संरक्षण गर्न नसकेको अभियोगमा काग्रेसको चितवन जिल्ला कार्यसमिति भंग

६ असार २०६९, बुधबार १८:१७ मा प्रकाशित

काठमाडौ, ६ असार । भातृसंगठन तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलको हत्या प्रकरणसँग जोडेर  कांग्रेस केन्द्रीय समिति बैठकले चितवन जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेको छ । तरुण दलका तत्कालिन जिल्ला अध्यक्ष शिव पौडेलको कारागारभित्रै हत्या भएको थियो ।
सो कार्यसमितिले पौडेलको कारागारभित्रै हत्या हुन सक्ने थाहाँ पाएर पनि त्यसलाई रोकेर पौडेलको संरक्षण गर्न नसकेको आरोपमा भंग गरेको हो ।
भंग गरिएको चितवन कार्य समितिको निर्वाचन आगामि  ६ महिना भित्र निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्ने भन्दै हाललाई अर्को कामचलाउ समिति गठन गर्ने समेत काग्रेस बैठकले निर्णय गरेको छ ।
महामन्त्री कृष्ण सिटौल्ऽाको नेतृत्वमा गठित छानविन समितिले पनि कार्यसमिति निलम्बन वा भंग गरिनुपर्ने प्रतिवेदन केन्द्रमा बुझाएको थियो । चितवनका कांग्रेसको नेतृत्व विकास कोइरालाले गरेका थिए ।  मंसिर २० गते कारागारमा भएको आक्रमणमा परी घाईते भएका पौडेलेको पुस २ गते निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–