राष्ट्रिय भेलाको निर्णय पछि रणनीति तय गर्न एमालेका रुष्ट नेताहरु छलफलमा

६ असार २०६९, बुधबार १८:०२ मा प्रकाशित

काठमाडौ, ६ असार । पार्टीको राष्ट्रिय भेलाले बहुपहिचानयूक्त संघीयतामा जाने निर्णय गरेपछि जातीय पहिचानको पक्षमा वकालत गर्दै आएका एमाले भित्र असन्तुष्ट रहेका जनजाति तथा मधेशी नेताहरु नयाँ रणनीति तय गर्न छलफलमा जुटेका छन ।
धुलिखेलको मिरावेल रिसोर्टमा बुधबार अपरान्हपछि उपाध्यक्ष अशोक राई, रामचन्द्र झा पृथ्वी सुब्बा गुरुङ, मो. रिजवान अन्सारी, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सत्रुघन महतो, किरण गुरुङ, दलबहादुर राना मगर, हेमराज राई, बीरबहादुर लामा र गोपाल ठाकुर लगायत २२ जना एमाले नेताहरु
रणनीति तय गर्न छलफलमा जुटेका छन् । असन्तुष्ठ नेताहरुको बैठकमा नयाँ पार्टी खोलेर अगाडि बढ्ने वा पार्टीभित्र संघर्ष गरेर अगाडि बढ्ने लगायतका विषयमा छलफल केन्द्रीत रहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ