सहमतिको सरकार गठनपछि मात्रै अरु विकल्पमा प्रवेश गर्ने एमाले निष्कर्ष

६ असार २०६९, बुधबार १७:५९ मा प्रकाशित


काठमाडौ, ६ असार । नेकपा एमालेले तत्काल सहमतिको सरकार बनेपछि मात्रै राजन्रीतिक निकासको आधार तय हुने निष्कर्ष निकालेको छ । दुई दिन राजधानीमा चलेको राष्ट्रिय कार्यकर्ता भेलापछि आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको सरकार नबनेसम्म अरु कुनै पनि निकासका विकल्पमा छलफल हुन नसक्ने बताउनुभयो । एमालेले सहमतिका आधारमा संयुक्त सरकार निर्माण गर्दै राजनीतिक र संवैधानिक सङ्कटको निकास खोज्न, पनि सबै दलहरुलाई आह्वान गरेको छ । पत्रकार सम्मेलनमा खनालले अहिलेको संकट एकीकृत माओवादी र मधेसवादी दलहरुका कारण आएको र जनजाति सभासदहरुको समुह ककस पनि जिम्मेवार भएको टिप्पणी गर्नुभयो । एमालेले भेलाबाट ८ बुँदे राजनीतिक प्रस्ताव र ९ बुँदे समसामियक प्रस्ताव पारित गरेको छ । राजनीतिक प्रस्तावमा माओवादी सर्वत्तावादका विरुद्ध आन्दोलन सशक्त बनाउने, मुलुकलाई थप मुठभेडमा जान नदिनका लागि बिथोलिएको सहमतिको सरकार गठन गर्न माओवादीलाई आग्रह गरिएको छ । त्यस्तै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषताका आधारमा पहिचान र सामथ्र्यको आधारमा नेपाली विशेषतासहितको संघीयताको ढांचामा पक्षमा उभिने पनि उल्लेख गरिएको छ । असन्तुष्ट जनजाती र मधेसी नेताहरुलाई मतहरूलाई विधिसम्मत ढङ्गले पार्टीमा राख्न, अन्तरपार्टी छलफलको प्रकृयामा सहभागी वन्न आग्रह गरेको छ । अध्यक्ष खनालले भेलामा सहभागि नभएको बारेमा जानकारी लिने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको