बैद्यपक्ष फुटपरस्त, विर्सजनबादी र वितण्डाबादी भएको संस्थापन पक्षको ठहर

६ असार २०६९, बुधबार १४:४४ मा प्रकाशित


काठमाडौ, ६ साउन । एकीकृत नेकपा माओवादीले पार्टीबाट फुटेर बनेको नेकपा, माओवादी लगायतका अन्य क्रान्तिकारी समूहसँग वार्ता गरेर एकता गर्न तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।
माओवादीको आज बसेको स्थायी समितिको बैठकले अमिक शेरचनको संयोजकत्वमा दिनानाथ शर्मा र वर्षामान पुन अनन्त सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
त्यसैगरी बैठकले पार्टी विभाजन गर्ने मोहन बैद्य समूहलाई फुट परस्त, विर्सजनबादी र वितण्डाबादी भएको आरोप लगाउँदै यस्ता तत्वको भ्रममा नपरी एक ठाँउमा गोलबन्द हुन अपिल समेत गरेको छ । त्यसरी नै फुटपरस्त विचलनकारी प्रतिक्रानित षडयन्त्रप्रति सजग हुन आब्हान गरेको छ । बैद्यपक्षले जनआन्दोलन, जनयूद्धका उपलब्धि निषेध गरेको र उपलब्धीहरुको अबमुल्यन गरेको निष्कर्स समेत निकालेको छ । भविष्यमा हुने द्धन्द्धको खतराप्रति सजग रहँदै मित्रपूर्ण तरीकाले अगाडि बढ्न कार्यकर्ता तहलाई आब्हान पनि गरेको छ ।
बैठकले आगामि असार १५ गतेदेखि गर्ने भनि निर्णय गरेको पार्टीको विस्तारित बैठक सार्ने निर्णय पनि गरेको छ । बैठकले आगामि साउन १ गतेदेखि ५ गतेसम्म राजधानीमा विस्तारित बैठक गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकले अगामि असार २५ २६ २७ गते पोलिट ब्यूरो र  असार २८, २९ र ३० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय पनि गरेको छ ।
, बैठकले मोहन बैद्यले महाधिवेशन सम्म सम्बाद लाई जारी राख्ने भनि गरेको निर्णयलाई  सकारात्मक भएको भन्दै एकताकोलागी पहल गर्ने निर्णय गरेको छ । त्यसरीनै दलहरुवीचको सहमतिमा मुलुकको जटिलता फुकाउनु पर्ने आवश्यकता औल्याउँदै सहमति को विकल्प  नभएको ठहर समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार