विकिलिक्स संस्थापक असाञ्जले इक्वेडरमा शरण मागे

६ असार २०६९, बुधबार १३:१७ मा प्रकाशित

 लण्डन, असार ६ (बीबीसी)- अमेरिकी गोप्य दस्तावेज खुलासा गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्जले इक्वेडर समक्ष शरण मागेका छन्। वेलायती अदालतको आदेशपछि लण्डनस्थित इक्वेडर दूताबासमा रहँदै आएका असाञ्जको निवेदनउपर इक्वेडर सरकारले विचार गरिरहेको जनाएको छ।

इक्वेडरकी राजधानी क्वोटोमा विदेशमन्त्री रिकार्दो पतीनोले पत्रकारसँग कुरा गर्दै भने- ‘इक्वेडर यो आग्रहको अध्ययन र विश्लेषण गरिरहेको छ।’ पछिल्लो साता ब्रिटेको सर्वोच्च अदालतले असाञ्जलाई स्वीडेन फर्कन आदेश दिएको थियो। स्वीडेनमा असाञ्जविरुद्ध यौन अपराधको मुद्दा छ। असाञ्जले सधैँ इन्कार गरे पनि स्वीडेनको सो मुद्दाकै कारण उनलाई अमेरिका पुर्‍याइन सक्छ भन्ने त्रास उनलाई परेको छ।

विश्वभर फैलिएका अमेरिकी दूताबासका गोप्य दस्तावेज विकिलिक्समार्फत् सार्वजनिक हुँदा धेरै सरकार तथा नेताहरुको वास्तविकता खुलासा भएको थियो। उनको यो कार्यप्रति अमेरिका क्रुद्ध छ।

स्वीडेन पुर्‍याएर उनलाई अमेरिका सुपुर्दगी गरिने र त्यहाँ अमेरिकी कानुनअनुसार मुद्दा चलाइने त्रासका कारण असाञ्ज शरण खोजिरहेका छन्। इक्वेडर सरकारको प्रतिक्रियापछि असाञ्जले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्- ‘कृतज्ञ छु इक्वेडरका राजदूत तथा सरकार मेरो निवेदनमाथि विचार गरिरहेका छन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको