सहमतिको सरकार र बाधा अड्काउ फुकाउन छलफललाई निरन्तरता दिने दलहरुवीच सहमति

६ असार २०६९, बुधबार ०९:२६ मा प्रकाशित


काठमाडौ, ६ असार । मधेसी मोर्चासहित तीन प्रमुख दलका शिर्ष नेताहरु सहमतिको राष्ट्रिय सरकार गठन गरेर अहिले देखिएका सबैधानिक र राजनैतिक जटिलता अन्त्य गरेर मुलुकलाई निकास दिन छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
नेपाली काग्रेसको आब्हानमा पार्टी मुख्यालय सानेपामा बसेको शिर्ष बैठकले दलहरुवीचको सहमतिमा शान्ति र संविधान निर्माणको काम अगाडि बढाउनुको विकल्प नरहेको ठहर गर्दै सहमतिकोलागी छलफललाई निरन्तरता दिने सहमति गरेको हो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुवीच लामो समयदेखि सम्बादहिनताको अवस्थाले मुलुकमा जटिलता बढाएको बेला काग्रेसको पहलमा सम्बाद सुरु भएकोमा काग्रेसलाई धन्यबाद दिएका थिए । उनले काग्रेसको पहलमा दलहरुवीचको सम्बादको आईसब्रेक भएको भन्दै यसलाई निरन्तरता दिएर मुलुकलाई अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । उनले सहमतिको विकल्प नभएको भन्दै संविधानसभाका उपलब्धिहरुलाई टेकेर सहमतिको प्रयास गरिनु पर्नेमा जोड दिएका थिए ।
बैठकमा काग्रेस सभापति सुशिल कोइराला, रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल , माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा