नयां माओवादी पार्टीको लगाम वादलको हातमा

६ असार २०६९, बुधबार ०८:१२ मा प्रकाशित


काठमाडौं, ६ असार । आफ्नै शिष्यले धोका दिएपछि वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरण बुढेसकालमा नयां कम्युनिस्ट पार्टी निर्माण गर्न बाध्य भए । आफ्नो विचार समूहका नेता–कार्यकर्ताहरूको राष्ट्रिय भेला एकमतले नया“ पार्टी गठनको पक्षमा उभिएपछि वैद्य पार्टी घोषणाको निम्ति तयार भएका हुन् । विभिन्न राज्य समितिका सोह्र सयभन्दा बढी प्रतिनिधिसहित करिब छब्बीस सयले भाग लिएको राष्ट्रिय भेलाले एक्काइसवटा टोलीमा विभक्त भई वैद्यद्वारा प्रस्तुत प्रतिवेदनमा छलफल गरेको थियो । एक्काइसवटै टोलीले प्रचण्डलाई कारबाहीस्वरूप निष्कासन गरी पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने विचार प्रकट गरेका थिए । भेलामा आफ्नो मन्तव्य प्रकट गर्ने प्रतिनिधिहरूमध्ये अधिकांशले प्रचण्डलाई ‘गद्दार×’, नवसंशोधनवादी र धोखेबाज भनी सम्बोधन गरेका थिए । प्रचण्ड र बाबुराम देशघाती भएको आरोप लगाउंदै वक्ताहरूले देशको स्वाभिमानको रक्षा गर्दै क्रान्ति सम्पन्न गर्न नयां पार्टी गठन गर्नुपर्ने आवश्यकतामा दोड दिएका थिए । प्रतिनिधिहरूको भावनालाई सम्मान गर्दै मोहन वैद्यले पार्टीको नाम ‘नेकपा माओवादी’ मात्र राखेनन्, उनले प्रचण्डलाई मात्र निष्कासन गरिएको सङ्केत दिन अध्यक्ष पद आफूले सम्हाली बा“की सबै पदहरूमा जो जहा“ थिए तिनलाई यथावत् राखिएको छ । केन्द्रीय समितिमा सदस्यसंख्या थप गर्न आवश्यक भए पनि बढाइएको छैन । पहिले केन्द्रीय समितिमा रहेकाहरूलाई मात्र यथावत् राखिएको छ ।
असार २ देखि ४ गतेसम्म राजधानीमा सम्पन्न भेलाले पार्टीको महाधिवेशन आगामी फागुन १ गते गर्ने निर्णय लिएको छ । महाधिवेशनसम्म अध्यक्षात्मक अर्थात् बहुदलीय प्रणाली कायम राख्ने र त्यसपछि एकल नेतृत्वमा पार्टीलाई अघि बढाइने निर्णय भेलाले लिएको छ । पार्टी बहुपदीय प्रणालीमा रहुन्जेल मोहन वैद्य किरण अध्यक्षको रूपमा रहने, तर एकल नेतृत्वमा पार्टी गएपछि मुख्य नेताका रूपमा रामबहादुर थापा ‘बादल’ले कमाण्ड सम्हाल्ने बुझिएको छ । महामन्त्री या महासचिवका रूपमा बादललाई चयन गर्न भेलाका अधिकांश सहभागी आतुर भएको स्थिति हेर्दा आगामी महाधिवेशनपछि नेकपा माओवादीको मुख्य नेता रामबहादुर थापा बादल बन्नेमा शङ्का गरिरहनुपर्ने देखि“दैन । युद्धकालमा लामो समय सैन्य कमान्डरको जिम्मेवारी निर्वाह गरेका बादल वैद्य खेमाको मात्र होइन एकताक एकीकृत माओवादीकै ‘ब्याकबोन’का रूपमा चिनिन्थे । यसै भेलामा पनि बादललाई अध्यक्ष र नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाइने इच्छा सहभागीहरूबाट प्रकट भएको थियो । तर, तत्कालका लागि प्रचण्डलाई मात्र विस्थापित गर्ने सोच बनेपछि अध्यक्षमा मोहन वैद्य किरणको चयन हुन पुगेको थियो । भनिन्छ, वैद्य आफैं पनि रामबहादुर थापा बादललाई मुख्य जिम्मेवारी सुम्पन चाहन्थे । त्यसो त प्रचण्डलाई पनि ०४६ सालमा वैद्यले नै नेतृत्वमा स्थापित गरेका थिए । त्यसबेला महामन्त्री रहेका वैद्यले नया“ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने इच्छा प्रकट गर्दा देव गुरुङलगायत केही नेताले सीपी गजुरेललाई जिम्मेवारी दिनुपर्ने विचार प्रकट गरेका थिए । नेतृत्वका निम्ति प्रचण्ड अनुपयुक्त रहेको देव गुरुङलगायतले त्यतिबेलै महसुस गरेका थिए । पार्टीका जिम्मेवार साथीहरूको असहमति हु“दाहु“दै पनि वैद्यले त्यसबेला प्रचण्डलाई महामन्त्री बनाइदिएका थिए । बाइस वर्ष पछि आएर वैद्यको निर्णय गलत र देव गुरुङको मत सही भएको महसुस त्यस पार्टीभित्र गरिएको छ । महाधिवेशनपछि महामन्त्रीका रूपमा बादलले जिम्मेवारी सम्हालेपछि खासखास नेताहरू सम्मिलित केन्द्रीय कार्यालय अर्थात् ‘हेडक्वार्टर’ निर्माण गरिने बताइएको छ । रोचक पक्ष के छ भने अध्यक्ष वैद्य र उनको पार्टी एकल जातीय राज्यको पक्षमा उभिएका छन् । तर, रामबहादुर थापा बादल भने व्यक्तिगत रूपमा जातीय राज्यको अवधारणाविरुद्ध रहेको बताइन्छ । उन

नयां माओवादी पार्टीको लगाम वादलको हातमा
काठमाडौं, ६ असार । आफ्नै शिष्यले धोका दिएपछि वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरण बुढेसकालमा नयां कम्युनिस्ट पार्टी निर्माण गर्न बाध्य भए । आफ्नो विचार समूहका नेता–कार्यकर्ताहरूको राष्ट्रिय भेला एकमतले नया“ पार्टी गठनको पक्षमा उभिएपछि वैद्य पार्टी घोषणाको निम्ति तयार भएका हुन् । विभिन्न राज्य समितिका सोह्र सयभन्दा बढी प्रतिनिधिसहित करिब छब्बीस सयले भाग लिएको राष्ट्रिय भेलाले एक्काइसवटा टोलीमा विभक्त भई वैद्यद्वारा प्रस्तुत प्रतिवेदनमा छलफल गरेको थियो । एक्काइसवटै टोलीले प्रचण्डलाई कारबाहीस्वरूप निष्कासन गरी पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने विचार प्रकट गरेका थिए । भेलामा आफ्नो मन्तव्य प्रकट गर्ने प्रतिनिधिहरूमध्ये अधिकांशले प्रचण्डलाई ‘गद्दार×’, नवसंशोधनवादी र धोखेबाज भनी सम्बोधन गरेका थिए । प्रचण्ड र बाबुराम देशघाती भएको आरोप लगाउंदै वक्ताहरूले देशको स्वाभिमानको रक्षा गर्दै क्रान्ति सम्पन्न गर्न नयां पार्टी गठन गर्नुपर्ने आवश्यकतामा दोड दिएका थिए । प्रतिनिधिहरूको भावनालाई सम्मान गर्दै मोहन वैद्यले पार्टीको नाम ‘नेकपा माओवादी’ मात्र राखेनन्, उनले प्रचण्डलाई मात्र निष्कासन गरिएको सङ्केत दिन अध्यक्ष पद आफूले सम्हाली बा“की सबै पदहरूमा जो जहा“ थिए तिनलाई यथावत् राखिएको छ । केन्द्रीय समितिमा सदस्यसंख्या थप गर्न आवश्यक भए पनि बढाइएको छैन । पहिले केन्द्रीय समितिमा रहेकाहरूलाई मात्र यथावत् राखिएको छ ।
असार २ देखि ४ गतेसम्म राजधानीमा सम्पन्न भेलाले पार्टीको महाधिवेशन आगामी फागुन १ गते गर्ने निर्णय लिएको छ । महाधिवेशनसम्म अध्यक्षात्मक अर्थात् बहुदलीय प्रणाली कायम राख्ने र त्यसपछि एकल नेतृत्वमा पार्टीलाई अघि बढाइने निर्णय भेलाले लिएको छ । पार्टी बहुपदीय प्रणालीमा रहुन्जेल मोहन वैद्य किरण अध्यक्षको रूपमा रहने, तर एकल नेतृत्वमा पार्टी गएपछि मुख्य नेताका रूपमा रामबहादुर थापा ‘बादल’ले कमाण्ड सम्हाल्ने बुझिएको छ । महामन्त्री या महासचिवका रूपमा बादललाई चयन गर्न भेलाका अधिकांश सहभागी आतुर भएको स्थिति हेर्दा आगामी महाधिवेशनपछि नेकपा माओवादीको मुख्य नेता रामबहादुर थापा बादल बन्नेमा शङ्का गरिरहनुपर्ने देखि“दैन । युद्धकालमा लामो समय सैन्य कमान्डरको जिम्मेवारी निर्वाह गरेका बादल वैद्य खेमाको मात्र होइन एकताक एकीकृत माओवादीकै ‘ब्याकबोन’का रूपमा चिनिन्थे । यसै भेलामा पनि बादललाई अध्यक्ष र नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाइने इच्छा सहभागीहरूबाट प्रकट भएको थियो । तर, तत्कालका लागि प्रचण्डलाई मात्र विस्थापित गर्ने सोच बनेपछि अध्यक्षमा मोहन वैद्य किरणको चयन हुन पुगेको थियो । भनिन्छ, वैद्य आफैं पनि रामबहादुर थापा बादललाई मुख्य जिम्मेवारी सुम्पन चाहन्थे । त्यसो त प्रचण्डलाई पनि ०४६ सालमा वैद्यले नै नेतृत्वमा स्थापित गरेका थिए । त्यसबेला महामन्त्री रहेका वैद्यले नया“ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने इच्छा प्रकट गर्दा देव गुरुङलगायत केही नेताले सीपी गजुरेललाई जिम्मेवारी दिनुपर्ने विचार प्रकट गरेका थिए । नेतृत्वका निम्ति प्रचण्ड अनुपयुक्त रहेको देव गुरुङलगायतले त्यतिबेलै महसुस गरेका थिए । पार्टीका जिम्मेवार साथीहरूको असहमति हु“दाहु“दै पनि वैद्यले त्यसबेला प्रचण्डलाई महामन्त्री बनाइदिएका थिए । बाइस वर्ष पछि आएर वैद्यको निर्णय गलत र देव गुरुङको मत सही भएको महसुस त्यस पार्टीभित्र गरिएको छ । महाधिवेशनपछि महामन्त्रीका रूपमा बादलले जिम्मेवारी सम्हालेपछि खासखास नेताहरू सम्मिलित केन्द्रीय कार्यालय अर्थात् ‘हेडक्वार्टर’ निर्माण गरिने बताइएको छ । रोचक पक्ष के छ भने अध्यक्ष वैद्य र उनको पार्टी एकल जातीय राज्यको पक्षमा उभिएका छन् । तर, रामबहादुर थापा बादल भने व्यक्तिगत रूपमा जातीय राज्यको अवधारणाविरुद्ध रहेको बताइन्छ । उनले अहिलेसम्म जातीयता र जातीय राज्यबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् । थापाले जातीय सभा–समारोहमा समेत अहिलेसम्म भाग नलिएको बताइएको छ । स्मरणीय छ, चतुर प्रचण्डलाई बादल आफ्नो प्रतिस्पर्धी बन्नसक्ने आभाष धेरै पहिले नै भएकोले हुनुपर्छ सैन्य कमान्डर रहेका बादललाई प्रचण्डले हटाएर सैन्य कमान्डरको जिम्मेवारी आफैंले सम्हालेका थिए । बादललाई होचो देखाउन प्रचण्डले निकै अघिदेखि नै कसरत गर्दै आएका थिए ।
मोहन वैद्य अध्यक्ष रहेको माओवादीमा पार्टीका पुराना अधिकांश नेता समेटिएका छन् । खासगरी ०५२ सालमा सशस्त्र सङ्घर्षको सुरुवात गर्ने बेलाका नेताहरूमध्ये अधिकांश वैद्यको पार्टीमा समेटिएका छन् । प्रचण्ड नेतृत्वको माओवादीमा भने सशस्त्र युद्ध सुरु भइसकेपछि उदाएका नया“ पङ्क्तिको बाहुल्य रहेको छ । वैद्यको पार्टीमा इमानदार र सोझा एवम् सरल व्यक्तिहरू सामेल भएको र प्रचण्डको पार्टीमा एक से एक चतुर व्यक्तिहरूको बाहुल्य रहेको देखिन्छ । कतिपयले प्रचण्ड र वैद्यको समूहमा पपगीतका श्रोता र शास्त्रीय गीतका श्रोताबीचको जस्तै अन्तर रहेको टिप्पणी गरेका छन् ।

ले अहिलेसम्म जातीयता र जातीय राज्यबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् । थापाले जातीय सभा–समारोहमा समेत अहिलेसम्म भाग नलिएको बताइएको छ । स्मरणीय छ, चतुर प्रचण्डलाई बादल आफ्नो प्रतिस्पर्धी बन्नसक्ने आभाष धेरै पहिले नै भएकोले हुनुपर्छ सैन्य कमान्डर रहेका बादललाई प्रचण्डले हटाएर सैन्य कमान्डरको जिम्मेवारी आफैंले सम्हालेका थिए । बादललाई होचो देखाउन प्रचण्डले निकै अघिदेखि नै कसरत गर्दै आएका थिए ।
मोहन वैद्य अध्यक्ष रहेको माओवादीमा पार्टीका पुराना अधिकांश नेता समेटिएका छन् । खासगरी ०५२ सालमा सशस्त्र सङ्घर्षको सुरुवात गर्ने बेलाका नेताहरूमध्ये अधिकांश वैद्यको पार्टीमा समेटिएका छन् । प्रचण्ड नेतृत्वको माओवादीमा भने सशस्त्र युद्ध सुरु भइसकेपछि उदाएका नया“ पङ्क्तिको बाहुल्य रहेको छ । वैद्यको पार्टीमा इमानदार र सोझा एवम् सरल व्यक्तिहरू सामेल भएको र प्रचण्डको पार्टीमा एक से एक चतुर व्यक्तिहरूको बाहुल्य रहेको देखिन्छ । कतिपयले प्रचण्ड र वैद्यको समूहमा पपगीतका श्रोता र शास्त्रीय गीतका श्रोताबीचको जस्तै अन्तर रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको