अब बाबुरामलाई गलहत्याइनेछ – माधवकुमार नेपाल (वरिष्ठ नेता, एमाले)

६ असार २०६९, बुधबार ०७:४० मा प्रकाशित


० तपाईंहरू लगातार सहमतिको प्रयास भइरहेको दाबी गर्नुहुन्छ, सहमति या विमति कतातिर जाने भयो मुलुकको राजनीति ?
– सहमतिको विकल्प नरहेको हामी सबैले स्वीकार गरेको कुरा हो, तर सहमति कसरी गर्ने, सहमतिको बाधक के हो भन्ने सवालहरू हाम्रासामु ठडिएका छन् । हाम्रा प्रयास यही गांठो सुल्झाउनका लागि हो । यो जारी छ, त्यसैले अहिले नै विमतितिर गइसक्यो भनेर निराश हुन मिल्दैन ।
० सहमतिको बाधकचाहिं को हो त ?
– अन्तरिम संविधानको धारा ४३ ले ‘राजनीतिक सहमतिको आधारमा मुलुक सञ्चालन गर्नु’ भनेर स्पष्ट निर्देश गरेको छ । यसर्थ जनआन्दोलनको मर्म र जनताको भावनाअनुरूप पनि वर्तमानका प्रमुख दलहरूबीच राजनीतिक जटिलता देखिएका मुद्दामा सहमति जुट्नु आवश्यक छ । यसरी सहमतिमा पुग्ने सवालमा अनावश्यक खोचे थाप्ने, अस्वाभाविक अडान लिनेहरू नै सहमतिका बाधक हुन् । वर्तमान सन्दर्भमा यस्तो बाधकका रूपमा माओवादी प्रवृत्ति नै देखापरेको स्पष्टै छ । प्रमुख राजनीतिक दलहरूबीच विश्वासको वातावरण बन्न नसक्दासम्म सहमतिका काम–कुरा अघि बढ्न सक्दैन । यस्तो अवस्थामा अरूलाई लत्याउंदै र पन्छाउंदै एकल ढङ्गले अघि बढ्न खोज्ने वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको रवैयाले सहमतिको वातावरण बिथोलेको छ । तसर्थ, उहांले यथाशक्य छिटो कुर्सी छोडेर अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।
० त्यत्तिकै कुर्सी छोडेर हिंड्न संविधानले पनि त रोक्ला नि प्रधानमन्त्रीलाई ?
– कसरी रोक्छ संविधानले, रोक्दैन । संविधानअनुसार संसद्बाट यसको उपाय खोज्नुपर्ने थियो, त्यो त बाबुरामजीले नै संसद्को अवसान गराइदिइहाल्नुभयो । यस्तोमा अब गर्नुपर्ने राजनीतिक दलहरूबीचको सहमतिबाटै हो । के हिजो गणतन्त्र घोषणा गर्न त्यतिखेरको संविधानले दिएको थियो र ?
० तपाईं आफैं पनि लामो समयसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनुभएको थियो, त्यो कालखण्ड स्मरण गर्दै भनिदिनुहोस् त बाबुरामजीले चटक्क छोडेर पन्छिन कसरी मिल्छ ?
– संविधानको धारा ४३ मा टेकेर ३८
(१) बमोजिम उहा“लाई बिदा गर्ने हो । सहमतिअनुसार उहांले हट्छु भन्ने हो, त्यसपछि दलहरूले राष्ट्रपतिसमक्ष बाधा–अड्काउ फुकाउने धाराका आधारमा अघि बढ्न अनुरोध गर्ने हो । वर्तमान राजनीतिक समस्या त राष्ट्रपतिले पनि देखिरहनुभएकै छ । दलहरू सबै मिलेर गएपछि उहांले अगाडिको कदम चाल्नुहुन्छ । यसैका लागि मार्गप्रशस्त गर्नुप¥यो प्रधानमन्त्रीले, हामीले भनिरहेका यही हौं कि बाबुरामजीले यसका लागि बाटो छेक्न भएन ।
० यसो गर्दा राष्ट्रपतिले संविधान नाघेको ठहरिंदैन ?
– पार्टीहरूको सहमतिको आधारमा गर्ने हुनाले राष्ट्रपतिले संविधान नाघेको भन्ने त प्रश्नै उठ्दैन नि †
० दलहरूले भनेपछि जे पनि गर्न मिल्ने ? दलहरूचाहिं संविधानभन्दा माथि नै हुन् त ?
– मेरो आसय त्यस्तो होइन । दलहरूले संविधानविपरितका कुरा गरेका छैनन् बरु प्रधानमन्त्रीले संविधान नाघेकाले यस्तो कदम चाल्नुपरेको हो हामीले ।
० माओवादीले त बाबुराम भट्टराईलाई हटाउन तयार नभएको सङ्केत दिइसकेको छ, यस्तोमा अब के गर्ने ?
– यसमा भरसक कन्भिन्स गरेर उसलाई मनाउने हो, मान्दै मानेन भने त अरू उपाय खोज्नैपर्छ हामीले । यसरी बलजफ्ती सत्तामा टिकिरहने र सर्वसत्तावाद लाद्न खोज्ने हो भने त मुठभेडमै जानुपर्ने स्थिति पनि आउंछ । किनकि, एउटाले सत्ता हडपेर संविधान र कानुन मिच्दै मनपरी शासन गरिरहेको छ, सहमतिमा बाधक बनेर बसिरहेको छ भने जसरी पनि त्यो बाधा त पन्छाउनैप¥यो नि †
० ए † त्यसो भए अब तपाईंहरूले प्रधानमन्त्रीलाई बल प्रयोग गरेर हटाउने ?
– बल प्रयोगमा उत्रिन्छौं नै भन्ने होइन, पहिले त बाटो हेर्छौं । बाबुरामजीले म हट्छु भन्नुभएको हो, प्रचण्डजीले पनि त्यसका लागि वातावरण मिलाउंछु भन्नुभएको हो । तसर्थ समझदारीका साथ उहांलाई बिदा गर्ने र सहमतिका आधारमा नयां सरकार गठन गर्ने भन्ने हाम्रो पहिलो ध्येय हो ।
० प्रचण्डजीले बाबुरामलाई हटाउंछु भन्नुभएको छ तपाईंसंग ?
– हो, हो । त्यसमा अप्ठ्यारो हुंदैन, वातावरण मिलाउंछु भन्नुभएको छ प्रचण्डजीले । यसैका लागि बाटो हेर्ने हो हामीले केही दिन । यसमा ‘इफ’ र ‘बट’ लगाउन थाल्नुभएन भने बोलेअनुसार काम होला भन्नेमा हामी आशावादी छौं । तर, यसमा नया“ सर्त फेरि पनि तेस्र्याउन थालियो भनेचाहिं सत्ता नछोड्ने मानसिकता देखाएको सम्झनैपर्ने हुन्छ । त्यसपछि कस्तो कदम चाल्ने हो, चाल्नेछौं । हामीलाई थाहा छ मुलुकलाई जानाजान यत्रो सङ्कटमा पार्ने व्यक्ति सजिलै सहमतिमा आउन चाहंदैन भन्ने । त्यसैले अब प्रचण्डजीले आंट गर्नुप¥यो, अब बाबुरामजीको मुख हेरेर हुंदैन उहांले ।
० यदि बाबुरामजीले बाटो छोडिदिनुभयो भने अर्को सरकारचाहिं कसको नेतृत्वमा बनाउने त ? केही सोच्नुभएको छ तपाईंहरूले ?
– पांचबुंदे सहमतिमा जे देखिएको छ हामी त्यसैअनुसार अघि बढ्ने पक्षमा छौं । त्यसअनुसार अबको नेतृत्व काङ्गे्रसले लिनेछ, यदि काङ्गे्रसले आंट गरेन भनेचाहिं अर्को विकल्पबारे हामी त्यसपछि तत्कालै छलफल गरी टुङ्गो लगाउनेछौं ।
० किन, काङ्गे्रसले नेतृत्व लिने आंट नगर्नुपर्ने कुनै कारण छ र ?
– हामीलाई यस्तो महसुस भइरहेको छ कि भावी नेतृत्व लिनका लागि काङ्गे्रसले जति जागरुकता देखाउनुपर्ने हो त्यति हिम्मतका साथ अघि बढिरहेजस्तो लाग्दैन । तर, अहिले नै यसबारे ठोस धारणा बनाउन मिल्दैन । हामीले त उसको नेतृत्वमा सरकार बनाउन सघाउने हो तर उसले ‘हामी सक्दैनौं’ भन्यो भने त अर्कोबारे छलफल गर्नैपर्छ ।
० फेरि तपाईं नै प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ कि कसो हो ?
– यस्तो कुरा होइन, त्यो परिस्थितिमा निर्भर हुने कुरा हो । अहिले कसैले इच्छा देखाउने र अग्रसर हुने बेला नै होइन । बाबुरामजीले बाटो छोडिदिएपछि मुलुकमा सङ्कटले निकास लिनेछ, देशमा प्रधानमन्त्री चलाउने नेताको अभाव छैन, आंट भएका व्यक्ति जति पनि छन्, यसमा चिन्ता लिनुपर्दैन ।
० तर, नेपाली नेतामा आंट र क्षमता देखिएन, गम्भीरताको अभाव रह्यो भन्ने आरोप त लागिरहेको छ नि ?
– यस्तो आरोप लागेको कुरालाई इन्कार गर्न त सकिन्न तर नेपाली नेताहरूले नै ठूला–ठूला मुद्दामा समाधान निकालेका पनि छन् भन्ने तथ्य बिर्सन भएन । राजतन्त्रलाई उखेलेर फ्यांकेको यहींका नेताले हो, सामाजिक र राजनीतिक परिवर्तनको सङ्कल्प बोकेर सोअनुरूप अघि बढेको पनि यहींका नेताले हो, आर्थिक विकासका लागि अघि बढ्ने प्रण र प्रयत्न पनि यहींका नेताले गरेका छन्, कुनै आयातीतले होइन । आयातीत नेताबाट यो काम हुन सक्दैन ।
० संविधानसभा त्यत्तिकै अवसान हुनुको जिम्मेवारी कसले लिने ?
– जिम्मेवारी त हामी सबैको हो । तर, बढी जिम्मेवारीचाहिं संविधानसभालाई ‘हाय हाय’ गर्ने माओवादीले लिनुपर्छ ।
० तपाईंको चाहिं दोष छैन ?
– मेरो के दोष छ त ? भए देखाइदिनुप¥यो । प्रचण्डजीहरूले त तपाईंको भूमिका सकारात्मक रहेको छ’ भनेर भनिरहेका छन् मसंग ।
० बाबुरामजीलाई प्रधानमन्त्रीबाट राष्ट्रपतिले हटाउनैपर्ने भयो होइन त अब ?
– हटाउनेभन्दा पनि सबै दलहरूले सहमति गरेर सिफारिस गरेबमोजिम उहांले कदम चाल्ने हो । एउटा व्यक्तिका कारण यसरी देशलाई सङ्कटमा धसिन त दिनुभएन नि † देशलाई एउटा व्यक्तिको लहडमा डुब्न दिने ? हामी टुलुटुलु हेरिबस्ने ? गृहयुद्धमा फसाउने मुलुकलाई ? समयभन्दा अघि नै संविधानसभालाई मृत्युशøयामा पु¥याएर दुर्नामी व्यहोरेको, कसैको विश्वास जित्न नसकेको सरकारलाई टिकाइरहनु भनेको सहमतिको वातावरण अझै बिगार्नु हो । यस्तो सरकार कायम राख्न हुंदैन, तत्काल अर्को व्यवस्था गरिनुपर्छ ।
० कहिलेसम्ममा तपाईंहरूको यो मिसनले पूर्णता पाउला त ? असारभित्रै अर्को सरकार आउला त ?
– हाम्रो प्रयत्न जारी छ । यो सरकारलाई त खड्को नै खड्को परेको छ । बजेट कसरी ल्याउंछ ? हेरौं त †
० अध्यादेशबाट ल्याउने कुरा गरेको छ नि त बजेट त ?
– असम्भव । सक्दै सक्दैन । हामी त्यसरी बजेट ल्याउन दिंदै दिन्नौं ।
० बजेट त चाहियो नि राज्य चलाउन, होइन र ?
– त्यसैले त अवरोध नबन भनेको नि । हिजो संविधान चाहियो भनेर माधव नेपालले राजीनामा दिनुपर्ने, आज बजेट चाहि“दा बाबुरामजीले राजीनामा दिन किन नहुने ? सहमति हुनुप¥यो भनेर झलनाथ खनालले राजीनामा दिनुपर्ने अनि सहमति बिगार्ने बाबुरामले राजीनामा दिनु नपर्ने ? कुन अभूतपूर्व चमत्कार गरेर मुलुकलाई उहांले योगदान पु¥याउनुभएको छ र उहांलाई हामीले कुर्सीमा टिकाइरहनुपर्ने ?
० उहा“ले त हट्दै हट्दिनं भन्नुभएको छ त †
– नहट्ने हो भने गलहत्याएर निकाल्नुपर्ने हुन्छ । विवेक पु¥याएर कदम चाल्दैनन् भने बाबुराम भट्टराई गलहत्याइने छन्, यसको विकल्प छैन ।
० राष्ट्रपतिले गलहत्याउने ?
– जनताले नै गलहत्याउंछन् । हामी आन्दोलनको आंधीबेहरी सृष्टि गर्छौं–गर्छौं ।
० खै आन्दोलनको छांटकांट त खास देखिएन नि तपाईंहरूको ?
– एकैचोटि कहां देखिन्छ त ? सिट्ठी बजाएको भरमा हुरुर्र जम्मा हुने रेजिमेन्टल फोर्स हो र ? जनताले कुनै बुझ्दैै छन्, विस्तारै माहोल बन्दै छ । जनतालाई विश्वासमा लिएर, यथार्थ बुझाएर मात्र हुन्छ यो काम । हिजो ज्ञानेन्द्रका विरुद्ध के एकै दिनमा जनता सडकमा आएका हुन् र ? कति समय लागेको थियो बिर्सनुभयो ? मूल कुरा त पार्टीहरूको सङ्कल्प र दृढता हो । जनता ‘हाय तौवा’ भइसकेका छन् । जहां बढी जाग्छन् जनता त्यतैबाट आन्दोलनको ज्वारभाटा उठ्छ ।
० यस्तो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री मिलेर काम गरे के होला ?
– कसरी मिल्ने ? राष्ट्रपति एउटा डेमोक्र्याटिक मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तित्व हुनुहुन्छ भने प्रधानमन्त्री ठ्याम्मै उल्टो धारमा हिंडिरहेका छन् । प्रधानमन्त्री प्रजातन्त्रको बाधक राष्ट्रपति लोकतन्त्रको संरक्षक । लोकतन्त्रलाई देखाउने दा“त मात्र मानेर हि“डेको व्यक्ति र लोकतन्त्रलाई सांच्चै संस्थागत कसरी गर्न सकिन्छ भनी चिन्तित व्यक्तिबीच कसरी सहकार्य हुन सक्छ र ? राष्ट्रपति सबैलाई समेटौं भन्ने उता प्रधानमन्त्रीचाहिं एकलौटी चुनाव गराएर दुईतिहाइ ल्याएर सबैलाई पेलेर जान्छु भन्ने मानसिकता बोक्ने, अनि कसरी मिलेर काम गर्ने ?
० त्यसो भए बाबुरामजीबाट सहमति हुन सक्दैन ?
– सोच्न पनि सकिन्न अहिले यो त † अब त आन्दोलनबाट प्रधानमन्त्रीलाई नहटाएसम्म हामी पनि हट्दैनौं । बाबुराम भट्टराई नहटेसम्म सहमति हुंदैन । यो कुरा मैले प्रधानमन्त्रीजीलाई पनि स्पष्ट शब्दमा भनिदिएको छु । सत्ताको लोभी नबन्नुस्, घिस्रिएर, टाक्सिएर नबस्नुस् कुर्सीमा भनेर भनिदिएको छु ।
० चुनाव गराउन सक्नुहुन्न त उहा“ले ?
– के चुनावको कुरा गरेको ? यस्ता व्यक्तिको नेतृत्वमा हुने चुनावमा कसले भाग लिन्छ ? संविधानसभाको निर्वाचनजस्तो गम्भीर विषयमा एकलौटी निर्णय गरेर हिंड्ने व्यक्तिले चुनाव गराएर हुन्छ चुनाव ? सम्भवै छैन । अर्को संविधानसभा निर्वाचनको प्रावधान नै छैन संविधानमा अनि कसरी हुन्छ चुनाव ? मुलुकमा यत्तिका विकास निर्माणको काम गर्नुछ, मध्यपहाडी राजमार्ग निर्माण गर्नुछ, ठूला–ठूला हाइड्रो पावरहरू बनाउनु छ, पर्यटन क्षेत्रको विकासका लागि त्यत्तिकै काम गर्नुपर्ने छ, रोजगारी सिर्जना गर्नु अत्यावश्यक भइसकेको छ । मुलुकलाई समृद्धिमा लैजाने यावत् कामकुरा छोडेर त्यसरी फजुल खर्चमा ढुकुटी रित्याइरहने ? देशलाई रगतको आहालमा डुबाउने र त्यसैमा पौडी खेलेर सत्ताको स्वाद मार्ने चाल चल्नेहरूले जसोतसो भन्यो त्यसोत्यसो अब हुन सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी

आजको प्रमुख समाचार