घुम्ने बानी बस्यो रेजिनालाई

६ असार २०६९, बुधबार ०५:१३ मा प्रकाशित

काठमाडौं । दुई महिना युरोप यात्रा गरेपछि नायिका रेजिना उप्रेतीलाई घुम्ने बानी लाग्यो रे । उनी ३२ जेठमा नेपाल फर्किएकी हुन् । यसअघि लामो यात्रा नगरेकी रेजिनालाई १५ घण्टासम्म लगातार रेलमा गुड्दा निकै आनन्द र अनौठो लाग्यो रे । ‘त्यति लामो यात्रा गर्दा पनि म थाकिन,’ उनले भनिन्, ‘हरेक क्षण रमाइला थिए ।’

उनी र प्रदीप बम्बजन युरोपस्थित गैरआवासीय नेपालीले आयोजना गरेको युरोप डान्स कम्पीटिसनको जज बनेर युरोप पुगेका हुन् । कार्यक्रम सकिएपछि रेजिना बेल्जियम, जर्मनी, नेदरल्याण्ड, फ्रान्स लगायतका देशमा आयोजित स्टेज कार्यत्रममा सहभागी भइन् । युरोपस्थित गैरआवासीय नेपालीहरुले नेपाली कलालाई ठूलो सम्मान गर्ने गरेकेा समेत उनको अनुभव छ । त्यही भएर नेपाली फिल्मलाई युरोपका विभिन्न ठाउँमा नियमित प्रदर्शन गर्ने वातावरण बनाउन आफूले आग्रह गरेको समेत रेजिनाले बताइन् । ‘उहाँहरु यसप्रति निकै सकारात्मक हुनुहुन्छ,’ उनले भनिन् । यसअघि उनी लन्डन र स्कटल्याण्ड छोटो अवधिको लागि पुगेकी थिइन् ।

दुई महिनाको यात्राले आफ्नो फिल्म ‘वरदान’को रिलिज डेटमा भने अफ्ठेरो परेको उनको भनाइ छ । प्रमिला श्रेष्ठसँगको संयुक्त लगानीमा बनाएको ‘वरदान’को रिलिज डेट फिक्स गर्न आफूलाई निकै आतुरी परेको रेजिनाको भनाइ छ । केही फिल्मबाट अभिनयको लागि प्रस्ताव आएपनि ‘वरदान’को समस्या सल्टाएपछि मात्रै नयाँ प्रोजेक्ट गर्ने उनले बताएकी छिन् । कुमार विष्टको फिल्म खेल्ने संभावना बढी रहेको समेत उनले खुलासा गरिन् । ‘समय मिलेर कथावस्तु मन पर्‍यो भने उहाँको फिल्म गर्छु,’ रेजिनाले भनिन् ।
Source: Film Nepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले