कोलोराडोमा पिकनिक कार्यक्रम सम्पन्न

६ असार २०६९, बुधबार ०५:०९ मा प्रकाशित

कोलोराडो । नेपाली जनसंपर्क समिति अमेरिका, कोलोराडो च्याप्टर को आयोजनामा यही जुन १७, २०१२ का दिन फेयर भ्युपार्क बोउल्डर कोलोराडोमा एक समारोह बिच मनोरन्जनात्मक ढंगले सम्पन्न भयो । परिचय एवं शुभकामना मन्तव्य बाट कार्यक्रम बाट आरम्भ भएको थियो । करिब २०० जना भन्दा बढी नेपालीहरु सहभागी रहेको उक्त कार्यक्रममा जनसंपर्क समिती कोलोराडो च्याप्टरका कार्यबाहक सभापति गणेश भण्डारीले सम्पूर्ण उपस्थित नेपाली दाजु भाई एबम दिदी बहिनिहरुलाई स्वागत गर्दै यो एक सद्भाब पिक्निक हो भन्नुभयो । यस्ले नेपाली नेपाली बिचको सम्बन्ध लाई सुदृढ बनाउनुको साथै नेपाली संस्कृती को जगेर्ना गर्छ भन्दै उत्साह पूर्ण उपस्थिती को लागि सबैलाई धन्यवाद समेत दिनुभएकोथियो ।

उक्त कार्यक्रममा पुर्व संयोजक एवं केन्द्रिय प्रतिनिधि श्री जगन्नाथ गौतम, पूर्व सल्लाहकार एबम केन्द्रिय प्रतिनिधि श्री बुद्धी प्रसाद लमिछानेले, महासचिब श्री बिनोद गौली, पिक्निक कार्यक्रमका सम्योजक एवं केन्द्रिय प्रतिनिधि श्री मछेन्द्र श्रेष्ठ, नेपालीघरका अध्यक्ष्य श्री नारायण श्रेष्ठ, तमुधी कोलोराडो का अध्यक्ष्य श्री रमेश गुरुङ, कलाकार निर्मल प्याकुरेल, रक्की माउनटेन फ्रेन्डशिप अफ नेपालका प्रतिनिधि प्रेम् काजी श्रेष्ठ, मनोज तुलाधर साहित्यिक समाज कोलोराडो का अध्यक्ष्य श्री पदम बि के, केन्द्रिय प्रतिनिधि श्रीमती महालक्ष्मी शर्मा, श्रीमती नीरा गौतम, श्रीमती भगवती लामिछाने, कमल कार्की, जगदिश्वोर श्रेष्ठ, चेतमान श्रेष्ठ, कृष्ण सुबेदी, नुरेश्वोर अधिकारी, उमेश थापा, सुनिल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अर्पणा श्रेष्ठ, नेत्र पोखरेल, ज्ञानेन्द्र काफ्ले, पारस लम्साल, अनिल के सी, शिवहरि अधिकारी, श्रीराम घिमिरे, पदम थापा, लाल रेग्मी, शशी अधिकारी, बिनोद शर्मा, शम्भु कार्की, बि के श्रेष्ठ, प्रकाश बस्नेत, दिलिप घिमिरेले शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रम सन्चालन हुँदै जानु पर्ने धारणा व्यक्त गर्नुभयो। हाल कोलोराडो बाहिर रहनुभएका सभापति श्री विश्व नाथ भण्डारीले समेत ईमेल मार्फत शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न