काग्रेसले मुल्य बृद्धि फिर्ता गराउन सरकारलाई दवाव दिने

५ असार २०६९, मंगलवार १८:३४ मा प्रकाशित

काठमाडौ, ५ असार । सरकारले आजदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएकोमा नेपाली काङ्ग्रेसले विरोध जनाएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा मूल्य वृद्धि फिर्ता लिन सरकारलाई दबाब दिने निर्णय भएको छ । यसैगरी निर्वाचनको मिति आफै घोषणा गरेको सरकारले एआईजी र डिआईजीको सरुवा बढुवा गर्ने निर्णय गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन  गरेको ठहर पनि काङ्ग्रेस बैठकले गरेको छ । लामो समयपछि आज पहिलोपटक वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले विभिन्न समसामयिक विषयमा आफ्तो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक भोलि फेरि बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर