एनआरएन स्पेनको अन्तरक्रिया र कल्याणकारी रात्रि भोज सम्पन्न

५ असार २०६९, मंगलवार १८:२९ मा प्रकाशित

स्पेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यन परिषदको आयोजनामा स्पेनको बार्सिलोनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायका समस्याहरुको पहिचान गरि समाधानमा के कसो गर्न सकिन्छ भनि आयोजित सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्युले गर्नु भएको थियो भने सञ्चालन महासचिव श्री बिष्णु रिजालले गर्नु भएको थियो ।

उपस्थिति सबैलाई स्वागत भाषण संस्थाका उपाध्यक्ष श्री बाबुकृष्ण कंडेलले गर्नु भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्न नेपाली दुताबास पेरिसबाट महामहिम राजदुत श्री मोहनकृष्ण श्रेष्ठ ज्यु अघिल्लो दिन नै बार्सिलोना आउनु भएपनि नेपाल सरकारको बिशेस अनुरोधमा अत्यन्त जरुरि परेकाले इटाली प्रस्थान गरेपछी कार्क्रमलाई प्रमुख अतिथिको रुपबाट दुताबासका प्रतिनिधि श्री भरत खनाल ज्युले सम्बोधन गर्नु भयो । व्यापक नेपाली जन समुदायको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय समस्याको बारेमा एनआरएनको स्थानीय समस्या संकलन तथा समाधान सुझाउने उप समितिका संयोजक श्री एकराज गिरीले समस्याहरु राख्नु भएको थियो ।

छुट भएका समास्याहरुलाई एक एक गरि इछुक व्यक्तिहरुबाट राखी समाधानमा सलारिकरण गरिएको थियो । प्रमुख अतिथि श्री खनाल ज्युले यहाँ भएका समस्या केहि भए एनआरएन मार्फत आउँदा दुतावासबाट समस्या समाधानमा सजिलो भैदिने भएकाले सो गरिदिनुहुन आग्रह गर्दै एनआरएन स्पेनले गरेको यस्तो प्रत्यक्ष गतिविधिको प्रशंसा गर्नुभयो। कार्यक्रमलाई विशेष अतिथि एनआरएन आइसीसी सदस्य श्री पुस्पराज तिमिसिनाले स्पेनका गतिबिधि बताउँदै दुताबासबाट अझ सहयोग को आशा राख्नु भयो ।

सो कार्यक्रम सुरु हुनु अघि र पछि अति आवस्यक भएकाहरुलाई अस्थाई नेपाली राहदानीको प्रमाण पत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको बिसर्जन गर्दै अध्यक्ष काफ्ले ज्युले एनआरएन स्पेनले गरेका कामहरुको बारेमा प्रकाश पार्दै स्पेनमा नेपाली दुताबास ल्याउनु नै अहिले यो एनआरएन कार्यसमितिको प्रमुख उदेस्य रहेको कुरा बताउनु भयो । सो कार्यक्रम विशेष अतिथिको रुपमा काउन्सिलर लुइस बेल्भिसले बोल्नु भएको थियो।

अतिथिको रुपमा जनसम्पर्क समिति स्पेन का अध्यक्ष एकराज गिरि, लोकतान्त्रिक मञ्चका काबा अध्यक्ष मुक्त गुरुङ, मगर संघका महासचिब राजु थापा, तमु समाजका महासचिव गौतम गुरुङ, चितवन समाजका अध्यक्ष बिनोद ढकाल, टास्क फोर्स सदस्य जगत्पाल सिलवाल ज्युहरुको उपस्थीति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम समाप्ति पछी आयोजना गरिएको रात्रि भोज पनि श्री भारत खनाल ज्युको प्रमुख आथित्यमा भएको थियो । नेपालमा कल्याणकारी काम मा सहयोग गर्न भनि सुरुवात गरिएको सो कार्यक्रम प्रमुख आकर्षण बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद