दश महिनापछि देउवा सहित उनी पक्षधर केन्द्रीय कार्य समितिको बैठकमा सहभागी

५ असार २०६९, मंगलवार १३:३९ मा प्रकाशित

काठमाडौ, ५ असार । नेपाली काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आजको बैठकमा विगत दश महिना देखि भातृसंगठन विघठन सम्बन्धी विवादका कारण अनुपस्थित रहँदै आएका बरिष्ठ नेता शेरबहादुर देउवा समेत सहभागी छन् ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा विघटनपछिको अवस्था, सरकारले घोषणा गरेको नयाँ निर्वाचन, कामचलाउ सरकारका कार्यको विरोधमा जारी आन्दोलन र राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा बैठकमा छलफल भईरहेको छ । त्यसैगरी बैठकमा सरकार विरुद्धको आन्दोलन र प्रधानमन्त्रीको राजिनामाको विषयमा पनि ठोस छलफल हुने बताईएको छ ।
लामो समयपछिको विवादलाई सम्बोधन गर्दै पार्टी सभापति सुशील कोइरालाले गत साता वरिष्ठ नेता देउवा पक्षलाई समेटेर नेपाल विद्यार्थी सघ, नेपाल तरुण दल, नेपाल महिला संंघ विस्तार गरेपछि देउवा बैठकमा सहभागी भएका हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न