एथलेटिक्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान

२७ असार २०७२, आईतवार २३:२८ मा प्रकाशित

काठमाडौँ, २७ असार । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा भएको खेलाडीहरुको नेसनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय कीर्तिमान तोडिएको छ । आइतबार दोस्रा दिन पुरुषको हाइजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान राख्ने क्रममा बालकृष्ण चौधरीको १.९७ मिटरको कीर्तिमानलाई उछिन्दै १.९८ मिटरको उचाइको कीर्तिमान रहेका  छन् । आजै सम्पन्न महिलाको ज्याभ्लिन थ्रोमा सिमाकुमारी थारुले आफ्नो नाममा रहेको पुरानो ३९.४६ मिटरको रेकर्डमा सुधार गर्दै ४३ मिटरको नयाँ कीर्तिमान राखिन  । यस्तै महिलाकै डिस्कस थ्रोमा अमृता महतोले पुरानो रेकर्ड ३४.३७ मिटरमा सुधार गर्दै ३९.८२ मिटरको नयाँ राष्ट्रिय रेकर्ड स्थापित गरे। राष्ट्रिय कीर्तिमान राख्नुहुने तीनै जना खेलाडी हाल राष्ट्रिय टिममा रही प्रशिक्षणमा रहेका छन् । यही टाइमट्रेल प्रतिस्पर्धामार्फत नै खेलाडीलाई वैदेशिक प्रतिस्पर्धामा सहभागिता गराइने प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान