साउनभित्रै संविधान आउने एमाओवादी अध्यक्ष दाहालको उद्घोष

२७ असार २०७२, आईतवार १०:४८ मा प्रकाशित

पर्सा, २७ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले साउनभित्रै संविधान जारी हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ पर्साले शनिवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदालाई जनताको राय सुझावका आधारमा परिमार्जन गरी आगामी साउन १५ देखि २० गतेभित्र संविधान जारी गर्ने विषयमा दलहरूबीच अनौपचारिक सहमति भएको बताउनुभयो ।

उहाँले एमाओवादीलाई राष्ट्रपति, प्रधानमन्त्रीभन्दा मुलुकलाई सङ्क्रमणकालको भूमरीबाट निकाली सबैको अधिकारलाई स्थापित गर्ने संविधान चाहिएको प्रस्ट पार्नुभयो ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र संविधान घोषणामा भारतको सर्मथन जुटाउन दिल्ली जान लागेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँले नेपालमा शान्ति प्रक्रियाको सुरुवात गर्न भारतले ठूलो सहयोग गरेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने बेला पनि भारतको समर्थन रहोस् भन्ने उद्देश्यका साथ आफ्नो भारत भ्रमण हुन लागेको अध्यक्ष दाहालले स्पष्ट गर्नुभयो ।

उहाँले नेपालमा शान्ति स्थापित भएको देखन नचाहनेहरूले एक मधेस एक प्रदेश र हिन्दू राष्ट्रको बखेडा झिकी संविधान निर्माण प्रक्रियालाई बाधा पुर्याउने प्रयास गरिरहेको बताउँदै त्यस्ता तत्वबाट आम नेपाली जनता सावधान हुनुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई