युरोजोन ग्रीक प्रस्तावप्रति ‘सशंकित’

२७ असार २०७२, आईतवार १०:४० मा प्रकाशित

ग्रीस,२७ असार । ऋण संकटबाट छुटकारा पाउन ग्रीसले पेश गरेको आर्थिक सुधारसम्बन्धी प्रस्तावहरु उसले कार्यान्वयन गर्नेमा युरोमुद्रा प्रचलनमा रहेका युरोजोनका नेताहरुले आशंका व्यक्त गरेका छन्।

युरोजोनका अर्थमन्त्रीहरुले आर्थिक सहायता पाएको बदलामा सुधार गर्ने प्रस्तावहरु कार्यान्वयनप्रति ग्रीसले थप गम्भीरता देखाओस् भनी चाहेका छन्।मितव्ययीतासम्बन्धी प्रस्तावहरु ग्रीसले कार्यान्वयन गर्नेमा आशंका व्यक्त गर्दै धेरै मन्त्रीहरु बैठकका निम्ति ब्रसेल्स पुगेका छन्।
यसअघि स्थगित भएको बैठक आइतबार विहान पुनः शुरु हुनेछ।

युरो समूहका प्रमुख यरुन डाइसल ब्लुमले “वार्ता अति कठिन भएको र प्रगति हुन बाँकी रहेको” बताएका थिए।उनले भने, “यो सरकारले अहिले गरिरहेको वाचा उसले पूरा गर्नेमा हामीले कसरी विश्वास गर्न सक्छौँ? यो वार्ता कठिन हुन गइरहेको छ।”

यसअघि ग्रीक अर्थमन्त्रीले “अघि बढ्न आफ्नो सरकार प्रतिवद्ध” रहेको बताए।ग्रीक सांसदहरुले प्रधानमन्त्री एलेक्सिस सीप्रासद्वारा प्रस्तावित सुधारका योजनाहरुलाई शनिबार अनुमोदन गरेका थिए।

यद्यपि त्यसमा परेका कतिपय विषयहरुलाई ग्रीक मतदाताहरुले गत आइतबारको जनमत संग्रहमार्फत अस्वीकृत गरिदिएका थिए।युरोजोनका १८ जना अर्थमन्त्रीहरु र उनीहरुका ग्रीक समकक्षीबीच शनिबार दिउसो शुरु भएको वार्ता साँझसम्म चलेको थियो।नाम नखुलाइएका एकजना युरोपेली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार ग्रीक प्रस्ताव “नगन्य एवम् ढिलो गरी आएको” वार्तामा सहभागीहरुको बुझाई रहेको छ।र, एथेन्स सरकारबाट उनीहरुले “निश्चित र पूरा हुने” प्रतिवद्धता चाहेका छन्।

बीबीसी

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि