समुद्री आँधीका कारण दश लाख मानिस सुरक्षित स्थलतर्फ

२७ असार २०७२, आईतवार १०:३८ मा प्रकाशित

चीन, २६ असार । चीनको पूर्वी झेजियाङ् प्रान्तमा शनिबार आएको शक्तिशाली चानहोम नामक आँधीका कारण दश लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको छ । सो आँधीको गति १७३ घंटा प्रति किलोमिटर भएको बताइन्छ ।
बीबीसीका अनुसार चानहोमले शनिबार अबेर दक्षिणी साङ्घाईतर्फ लाग्ने सम्भावना व्यक्त गरिएको छ । यसै आँधीका कारण केही दिन अघि फिलिपिन्समा पाँच जनाले ज्यान गुमाएका थिए । यस्तै यस आँधीको शिकार ताइवान र जापान पनि भैसकेको छन् ।
आँधीबाट चीनमा भएको धनजनको क्षतिको विवरण तत्काल प्राप्त भएको छैन । बीबीबसीका सम्बाददाताका अनुसार साङ्घाइमा चार सयभन्दा बढी हवाई उडानहरुका साथै सार्वजनिक समारोहहरु रद्द गरिएका छन् भने सरकारले मानिसहरुलाई घरभित्रै ्बस्न भनेको छ ।
बीबीसी

प्रतिक्रिया
सम्बन्धित खवर

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९