ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनौट खेल अन्तर्गत नेपाल नामिबियासंग खेल्दै

२६ असार २०७२, शनिबार २१:४८ मा प्रकाशित

काठमाडौं, २६ असार । वर्षाका कारण स्थगित भएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनौट चरण अन्तर्गतको दोस्रो खेल नेपाल नामिबियाबिच सुरु भएको छ । ट्वान्टी–ट्वान्टी विश्वकपमा लगातार दोस्रो पटक प्रवेश पाउन आयरल्याण्ड र स्कटल्याण्डमा जारी छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल शनिबार समूह ‘ए’ को दोस्रो खेलअन्तर्गत नामिबियासँग खेल्न लागेको हो ।आयरल्याण्डको स्टोरमोन्टमा नेपाली समय अनुसार साँझ ७ बजे प्रतियोगिता सुरू हुनेछ। आगामी वर्ष भारतमा हुने विश्वकपका लागि सहजै स्थान बनाउन आजको खेलमा नामिवियालाई हराउँदै विजयी यात्रालाई निरन्तरता दिने दाउमा नेपाल छ। यसअघि शुक्रबारको पहिलो खेलमा अमेरिकाविरूद्ध आक्रमक ब्याटिङ गरेका उपकप्तान ज्ञानेन्द्र मल्लको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धसतकसँगै केही लयमा देखिएका छन्। नेपालका लागि दुई लेफ्ट आर्म अर्थोडक्स स्पिनर शक्ति गौचन र बसन्त रेग्मीको बलिङ नामिबियाका लागि टाउको दुखाइ बन्न सक्छ। शक्ती र बसन्तले नै ६ विकेट लिएर शुक्रबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो। नेपालसँग पहिलोपटक ट्वान्टी–ट्वान्टीमा भिड्न लागेको नामिबियाले शुक्रबारै आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन आयरल्यान्डसँग ७ विकेटले पराजित भइसकेको छ। नामिबियाका लागि कप्तान निकोलास सुल्टेज, गेरी स्नेम्यान मुख्य हतियार हुन्। यस्तै १९ बर्षिय देब्रे हाते तीब्र बलर जेजे स्मिथपनि नामिबियाका भरपर्दा बलर हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा