ग्रिन कार्डको चक्करमा अभिनेत्री रेखा थापा तेस्रो पटक अमेरिकामा

२६ असार २०७२, शनिबार २१:३९ मा प्रकाशित

काठमाडौं । अभिनेत्री रेखा थापा गत जेठ देखि अमेरिकामा छिन् । यो सहित उनी तेस्रो पटक अमेरिका पुगेकी हुन् । नेपालमा गत बैशाखमा आएको बिनासकारी भुकम्पपछि विभिन्न सामाजिक कार्यमा जुटेकी उनी भूकम्प पीडितको लागि सहयोगार्थ कार्यक्रमको लागि अमेरिका गएकी हुन् ।

अहिले अमेरिकाको भ्रमण र विभिन्न कार्यक्रममा सहभागी भएकी अभिनेत्री थापालाई त्यहाँ रहेका केही कलाकारहरुले अमेरिका आएको बेला ग्रिन कार्ड बनाएर जान सुझाब दिएका छन् । त्यसो त उनलाई बिगतमा पनि अमेरिका रहँदै आएका नेपाली कलाकारले ग्रिन कार्ड बनाउने सुझाब नदिएका हैनन् । तथापि आफु फिल्म रिलिज गर्न तथा अन्य कामले चाँडै नेपाल फर्कनु पर्ने भएकाले ग्रिन कार्ड बनाउन नभ्याउने बताएकी थिईन् । यस पटक आफ्नो फिल्म हिम्मतवाली समेत लिएर अमेरिका पुगेकी उनी सो फिल्म देखाउनको लागि केही समय उतै बस्ने देखिएको छ । सो फिल्मलाई हिम्मवालीकै अभिनेता सुदर्शन गौतमले पनि अमेरिकामा प्रदर्शन गर्दैछन् ।

यसरी साथीहरुले ग्रिन कार्ड बनाउन दिएको सल्लाह र केही समय अमेरिका बस्नु पर्ने भएकाले उनले ग्रिन कार्ड बनाउने बुझिएका त्यहाँ बस्ने एक नेपाली कलाकारले बताए । ती कलाकारका अनुसार अभिनेत्री थापाले ग्रिन कार्ड निर्माणको प्रक्रिया प्रति पनि चासो देखाएकी छिन् । यदि आफु अमेरिका बसेको समयमा ग्रिन कार्ड लिन भ्याईन्छ भने लिँदा के फरक प¥यो र भन्ने चाहना रेखाले ब्यक्त गरेको पनि ती कलाकारले बताए ।
नियमित अमेरिका बसेको तीन महिना पुगेपछि बल्ल ग्रिन कार्डको लागि निवेदन हाल्न पाईन्छ । अभिनेत्री थापा आउँदो भदौबाट नयाँ फिल्म राम पियारी निर्माणको तयारीमा छिन् । त्यसैले उनले ग्रिन कार्ड बनाउने चासो देखाए पनि कार्ड निर्माणको लागि भ्याउने अबस्था कम छैन ।

तीन वर्ष अघि नै रेखाले अमेरिकाको लागि पाँच वर्षको मल्टिपल भिसा पाएकी हुन् । उनको सो भिसाको मिति सकिन अझै दुई वर्ष बाँकी छ । त्यसैले उनले दुई वर्षसम्म अझै सोही भिषाले अमेरिका जान पाउँछिन् । त्यसर्थ अहिले नै उनले अमेरिकाको ग्रिन कार्ड लिर्नु पर्छ भन्ने छैन । पछि पुन अमेरिका गएर पनि लिन सक्ने ती कलाकारले बताए । हेरौं रेखाले ग्रिनकार्डको चाहना यसपटक नै पुरा गर्छिन की अर्को पटक फेरी ग्रिन कार्डको लागि अमेरिका जान्छिन् । त्यो भने आउँदो समयले बताउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी