काँग्रेसको १३औँ महाधिवेशन असोजमा 

२५ असार २०७२, शुक्रबार २०:५९ मा प्रकाशित

काठमाडौँ, २५ असार  । नेपाली काँग्रेसले १३औँ केन्द्रीय महाधिवेशन आगामी असोजको २ देखि ५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । यसअघि २०७१ फागुन ६ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भदौ २४ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

संशोधित कार्यतालिका अनुसार देशभर नगर वडा, गाउँ र नगर अधिवेशन आगामी भदौ १ गते, क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषि तिवारीले जानकारी दिनुभयो । काँग्रेसको १२औँ महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भई पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित हुनुभएको थियो । रासस,

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन