नयाँ संविधान घोषणा लगत्तै संविधानसभा खारेज हुन्छ: एमाले अध्यक्ष ओली

२४ असार २०७२, बिहीबार २३:०७ मा प्रकाशित

काठमाडौँ, २४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान घोषणा भएपछि संविधानसभा तत्काल खारेज हुने बताउनुभएको छ ।

केही व्यक्तिले संविधान घोषणा भएपछि पनि संविधानसभालाई कायम राख्ने प्रयास गरे पनि संविधान घोषणा भएपछि संविधानसभा खारेज भई प्रतिनिधिसभाका रूपमा मात्र कायम रहने उहाँले बताउनुभएको छ ।

बिहीवार राजधानीमा आयोजित छबिलाल कार्कीको पाँचौ स्मृतिसभामा उहाँले संविधान घोषणा भएपछि संविधानसभा कायम राख्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

ओलीले भन्नुभयो, “संविधान घोषणा भएपछि राष्ट्रिय सहमतिको सरकार बन्छ, देशले नयाँ उचाइ लिन्छ, संविधानको सफल कार्यान्वयन र पुनःनिर्माण कार्य अगाडि बढ्छ ।”

“अहिले पनि संविधान घोषणा गर्न ढिलाइ गर्ने शक्तिहरू कायम छन्, तिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो “अब तपाईँहरू ढुक्क हुनुहोस्, संविधान आउँछ, संविधान बन्छ ।”

संविधानसभाले मस्यौदा पास गरिसकेकाले अब मस्यौदा जनतामा जाने र मस्यौदामा नमिलेको कुरा जनताले मिलाउने भन्दै ओलीले संविधानसभाले जनतालाई अधिकारसम्पन्न बनाएको बताउनुभयो ।

१६ बुँदे सहमतिले मुख्य राजनैतिक दललाई एउटै मूलधारमा बाँध्न सफल भएको चर्चा गर्दै ओलीले १६ बुँदे समझादारी हुनु नेपाल र नेपालीका लागि हितकर भएको बताउनुभयो ।

नेपालमा संविधान निर्माण नहुँदा हिंसा, हत्या भएको स्मरण गर्दै ओलीले अब संविधान घोषणा भएपछि देश विकास र प्रगतिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधानको जारी मस्यौदामा धेरै कुरा नमिले पनि ती नमिलेका कुरा क्रमिक रूपमा मिल्दै जाने बताउनुभयो ।

नमिलेका धेरै कुरा जनताले मिलाउने भन्दै पोखरेलले जनता नै अधिकारसम्पन्न भएकाले जनताले सुधार गर्न दिइएका सुझावलाई दलहरूले ग्रहण गर्ने बताउनुभयो ।

छविलाल स्मृति प्रतिष्ठानका अध्यक्ष नानीबाबु बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य रामपृत पासवान, नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री होमनाथ दाहाल, नेपाल कम्युनिष्ट पार्टीका सचिव रामहरि कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गुरुङ, मानव अधिकारवादी नेता सुबोधराज प्याकुरेल लगायतले छविलाल कार्कीको विचारलाई अँगाल्न सके राष्ट्रिय राजनीति सङ्लिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा ओलढुङ्गाबाट एसएलसी उत्तीर्ण गर्ने उत्कृष्ठ दश जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका