नयाँदिल्लीमा नेपाली नेताहरू, पहिलो भ्रमण प्रचण्डबाट

२३ असार २०७२, बुधबार ११:२२ मा प्रकाशित

काठमाडौँ, २३ असार । चार राजनीतिक दलका नेताहरूले संविधान निर्माणको अन्तिम कसरत गरिरहेका बेला केही प्रभावकारी नेताहरू नयाँदिल्लीको भ्रमणमा जाने कार्यक्रम बनेको छ । नेताहरू प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महन्थ ठाकुर र राजेन्द्र महतोलगायतको भ्रमण आगामी तीन साताभित्र भइसक्ने बुझिएको छ । यसक्रममा एमाओवादी अध्यक्ष प्रचण्डको भ्रमण तिथि र कार्यक्रम तय भइसकेको छ भने अन्य नेताहरूको भ्रमण निश्चित भए पनि तिथि तय हुन बाँकी छ । प्रचण्ड असार २९ गते नयाँदिल्ली जानुभई साउन २ गत शनिबार स्वदेश फर्कनुहुनेछ । पाँच दिन नयाँदिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुने बुझिएको छ । उहाँले विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई समेत भेट गर्नुहुने जानकारीमा आएको छ । प्रचण्डको यो भ्रमणले प्रचण्ड र भारतीय नेताहरूबीच विगतमा उत्पन्न अविश्वास र असमmभदारी अन्त्य भई विश्वासको नयाँ वातावरण बन्ने अपेक्षा दुवै पक्षले गरेका छन् । भ्रमणपश्चात् नेपाली राजनीतिमा त्यसको स्पष्ट प्रभाव पर्ने अनुमान पनि गर्न थालिएको छ । साउन दुई गते प्रचण्ड नेपाल फर्कनुभएलगत्तै नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमण हुने भएको छ । नेता देउवाको पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेताहरूसँग भेटवार्ता हुने बताइएको छ । तर, उहाँको भ्रमण तिथि र कार्यक्रम तय गर्न बाँकी नै रहेको छ । देउवाको भ्रमणपश्चात् मधेसकेन्द्रित दलका नेताहरूको सामूहिक भ्रमण नयाँदिल्लीमा हुने कार्यक्रम छ । उहाँहरूको भ्रमणको पनि तिथि तय भइसकेको छैन । त्यसपछि नेपाली काङ्गे्रसका उपसभापति रामचन्द्र पौडेलको भ्रमण हुनसक्ने सम्बद्ध सूत्रले जनाएको छ । उहाँहरूबाहेक अन्य केही नेताहरूको पनि भारत भ्रमण हुने बुझिएको छ । तर, यस क्रममा एमालेका कुनै नेताले भारतको भ्रमण गर्ने या नगर्ने भन्ने यकिन हुन सकेको छैन । एमालेबाहेकका नेताहरूको मात्र नयाँदिल्ली भ्रमण भएमा त्यसले एमालेका नेताहरूलाई नराम्रोसँग झस्काउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन