आमाले नै पुरेकी बच्चाको जीवितै उद्धार

५ असार २०६९, मंगलवार ११:४८ मा प्रकाशित

ताप्लेजुङ, ५ असार । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भर्खरै जन्मिएको एउटा बच्चा  पुरिएको अवस्थामा  जिवितै फेला परेको छ ।  फुङ्लिङ १ देउलिङ्गेको मकैवारीमा बच्चा पुरिएको अवस्थामा गाउँलेहरुले फेला पारेको ताप्लेजुङ सदरमुकाम आउदै गर्नु भएका त्रिभुवन मावि थुकिमाका शिक्षक मातृका शर्पाले जानकारी दिनुभयो । बच्चाको अवस्था समान्य रहेको छ । उहाँका अनुसार छोरी पुर्ने आमा फुलमाया विकलाई गाउलेहरुले नियन्त्रणमा लिएका छन् । उनलाई प्रहरीको जिम्मा लगाउने तयारी भईरहेको छ । ताप्लेजुङको सावाँ घर भएकी फुलमायाको श्रीमान विदेशमा रहेको र माइती फुङ्लिङ १ देउलिङ्गेमा बस्दै आएको बताइएको छ । ताप्लेजुङका  प्रहरीले अनुसन्धानको लागि प्रहरी टोली त्यस तर्फ पठाइ जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको