सरकारले गरेको प्रहरी अधिकृतहरुको सरुवाप्रति एमालेको असन्तुष्ठि

५ असार २०६९, मंगलवार ११:४६ मा प्रकाशित

काठमाडौ, ५ असार । सरकारले नेपाल प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृतहरूको सरुवा गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले विभिन्न प्रहरी अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो । नेकपा एमालेका सचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन आचार संहिता विपरीत स्वेच्छचारी ढङ्गबाट गरिएको सरुवाको विरोध गर्दै यस निर्णयलाई अविलम्ब रद्द गर्न माग गरिएको छ । ‘संविधानको व्यवस्था र राजनीतिक सहमतिबिना संविधानसभाको निर्वाचनको घोषणा गर्ने वर्तमान कामचलाउ सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे