महिला विश्वकपको उपाधि अमेरिकालाई

२१ असार २०७२, सोमबार १२:२६ मा प्रकाशित

क्यानाडा, २१ असार । जापानलाई फराकिलो अन्तरमा हराउँदै महिला बिश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो ।अमेरिकाले खेलको पहिलो हाफमै ४-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा थप एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो । विश्वकप फुटबलको तेस्रो उपाधि जित्ने क्रममा अमेरिकाको लागि कार्ली लोएडले ह्याट्रिक गरीन्‌ भने लउरेन होलीडे र टोबीन हिथले एक एक गोल गरेका थिए । जापानको लागि युकी ओगीमीले गोल फर्काएकी थिइन्। यस्तै अमेरिकाकी जुली जोन्स्टनले आत्माघाती गोल जापानलाई उपहार दिएकी थिइन् । अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा उपाधि जितेको थियो । यो जितसँगै अमेरिकाले सन् २०११ मा जर्मन महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदलासमेत लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ