सशस्त्र प्रहरी बल साँफेबगरमा झडापखाला फैलियो, ८२ प्रहरी जवान विरामी

५ असार २०६९, मंगलवार ०९:४१ मा प्रकाशित

अछाम, ५ असार । अछाम जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरी बल खप्तड गुल्ममा झाडापखाला फैलिएपछि ८२ जना बिरामी भएका छन् । गुल्मका प्रहरी जवानहरुमा झाडापखाला महामारीको रुपमा फैलिएको गुल्म प्रमुख प्रहरी नायब उपरिक्षक बेनुप्रसाद पाठकले बताउनुभयो । आईतवार बेलुकी खाना खाई सुतेका जवानमा एक्कासी राति १२ बजे झाडापखालाको लक्षण देखा परेको बताईएको छ । विरामीको वयालपाटा अस्पतालमा उपचार भैरहेको छ । गुल्मका ८२ जना बिरामी भएका र त्यसमध्ये ५२ जना उपचारपछि फर्किएका गुल्मले जनाएको छ । बाँकी ३० जनाको अस्पतालमै उपचार भैरहेको बयालपाटा अस्पतालले जनाएको छ । झाडापखाला फैलिनुको एकिन कारण थाहा हुन नसके पनि पानीको कारणले झाडापखाला पैmलिएको हुन सक्ने गुल्मले जनाएको छ । अस्पतालमा एक्कासी बिरामी बढेपछि जिल्ला अस्पताल मंगलसैनबाट औषधि लिई उपचार गरीएको जिल्ला स्वास्थ्य प्रमुख डा. राम बहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको