एमाओवादी अध्यक्ष दाहाल भारत जाँदै

२० असार २०७२, आईतवार २०:५६ मा प्रकाशित

काठमाडौँ, २० असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल यही असार २९ गते मङ्गलबार भारत भ्रमणमा जानु हुने भएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ पाँच दिनका लागि भारत जान लाग्नुभएको हो ।

प्रमुख दलहरुबीच संविधान निर्माणको विषयमा १६ बुँदे सहमति भएको र संविधानसभामा संविधानको मस्यौदा छलफल सुरु भइसकेको सन्दर्भमा उहाँको भारत भ्रमण हुन लागेको हो ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले भारत सरकारको निमन्त्रणामा अध्यक्ष दाहाल भारत भ्रमणमा जान लाग्नुभएको जानकारी दिनुभयो ।

भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट हुने बताइएको छ । तर को–कोसँग भेटघाट हुने हो सो सम्बन्धमा पूर्ण तयारी भने नभइसकेको एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका खड्काले बताउनुभयो ।

संविधान निर्माण प्रक्रियाले गति लिएको र सरकारले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेटको तयारी भइरहेको बेला उहाँको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा नेपाल, भारत र चीनबीच हुने भनिएको त्रिदेशीय समझदारीका विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष दाहाल आगामी साउन ३ गते स्वदेश फर्कनु हुनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।