काँग्रेस संसदीय दलको बैठकमा ‘बहुलवाद’को पक्षमा उभिन सुझाव

२० असार २०७२, आईतवार २०:५३ मा प्रकाशित

काठमाडौं, २० असार । नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आजको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिनुभएको छ । संविधानसभा भवन बानेश्वरमा चार दिनदेखि पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।लामो प्रयासपछि संविधानको मस्यौदा ल्याउन सफल भएकामा प्रशन्नता व्यक्त गर्दै वक्ता सदस्यहरुले यो उपलब्धिलाई शान्ति र स्थायित्वसँग जोडेर लैजानुपर्छ भन्नुभयो ।

धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता कायम गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव उहाँहरुले संविधानमा धार्मिक स्वतन्त्रताको विषयलाई समावेश गराउँदा यसले कसैलाई निषेध नगर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

समानुपातिक समावेशीताको मुद्दालाई अझ प्रभावकारी तुल्याउने काममा पार्टी नेतृत्वले धेरै नै ध्यान पु¥याउन आवश्यक रहेको कतिपय सदस्यहरुको भनाइ थियो । केही सदस्यले अदालतको आदेशले ल्याएको संवैधानिक समस्या र प्रदेशको नामाङ्कन र सीमाङ्कनको विषयलाई पनि टुङ्ग्याएर अघि बढ्दा राम्रो हुने धारणा अघि सार्नुभएको थियो ।

आजको बैठकमा बालकृष्ण खाँण, सीता गुरुङ, दीपक गिरीलगायत १६ जनाले संविधानको प्रारम्भिक मस्यौदामा केन्द्रित रहेर धारणा राख्नुभएको थियो ।

बैठकपछि पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडुले बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संविधानसभाबाट पूर्ण संविधान जारी हुने व्यवस्था मिलाउन तथा सङ्घीयताको विषयलाई टुङ्ग्याएरमात्र अघि बढ्दा आउन सक्ने चुनौतीकाबारे सुझाव प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो । बैठक भोलि पनि जारी रहने छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक