साउनको दोस्रो सातासम्ममा संविधान: एमाले अध्यक्ष ओली

२० असार २०७२, आईतवार २०:५२ मा प्रकाशित

विराटनगर, २० असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गरे ।

उनले संविधान बनेर नेपालको संक्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे । उनले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गरे ।रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद