नवलपरासीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

५ असार २०६९, मंगलवार ०९:३९ मा प्रकाशित

नवलपरासी, ५ जेठ । नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा गएराति दुई जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीले दिएको जानकारी अनुसार नवलपरासीको रामनगर १ रानीपाकडमा परासीबाट भूमहीतर्फ जादै गरेका वनटेष्ट ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको लु ११ प ९५६६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रुपन्देही पडसरी १ का ४० वर्षिय शेरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । टेक्टरको ठक्करबाट गंभीर घाईते भएका गुरुङ लाई उपचारार्थ जिल्ला अस्पताल परासी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । यसैगरी नवलपरासी जिल्लाकै दिव्यपुरी ७ हमालचोक स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा गएराति ना ३ ख ८४३७ नम्वरको ट्रक र ना ४ प ९३७१ नम्वरका मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक प्रगतिनगर ३ निवासी ४६ वर्षिय हिरालाल पौडेलको मृत्यु भएको छ । पौडेल स्थानीय भीमसेन आदर्श उमावी रामबासका शिक्षक रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा