अमेरिका र बेलायतद्वारा नेपाल भ्रमणको प्रतिबन्ध फुकुवा

२० असार २०७२, आईतवार १२:३२ मा प्रकाशित

काठमाडौं, २० असार । अमेरिका, बेलायत र न्युजिल्याण्डले भूकम्पग्रस्त नेपालको भ्रमणमा आफ्ना नागरिकका लागि लगाएको बन्देज खुकुलो पारेका छन्।

अप्रिल २५ को भुकम्प तथा त्यसपछिका पराकम्पनका कारण आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नजान अनुरोध गरेका यी देशहरुले भुकम्पबाट सबैभन्दा प्रभावित जिल्लाहरुमा बाहेक नेपालका अन्य जिल्लाहरुको भ्रमणमा जान आफ्ना नागरिकहरुलाई फुकुवा गरेका हुन्। पर्यटन बोर्डका अधिकारीका अनुसार अब अरु देशले पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको बन्देज खुला गर्ने विश्वास गरिएको छ।

नेपालमा हालैको भुकम्पपछि विश्वमा सबैजसो देशले नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई अनुरोध गरेका थिए। अमेरिकाले गएको मे एक मा ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई आपतकालीन अवस्थामा बाहेक नेपाल भ्रमणमा नजान अनुरोध गरेको थियो। तर त्यसको दुइमहिना पछि अमेरिकाले आफ्नो त्यो एडभाइजरीमा बिहीबार संसोधन गरेको छ।

सानातिना परकम्पनहरु अहिले पनि गइरहेको भए पनि नेपाल भ्रमणमा जानु अहिले सुरक्षित रहेको अमेरिकाले नेपाल भ्रमणमा लगाएको बन्देज खुला गरिएको जनाएको छ। अमेरिका नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने तेश्रो ठूलो देश हो। त्यस्तै बेलायतको विदेश तथा कमनवेल्थ कार्यालयले शुक्रबार आफ्नो ट्राभल एडभाइजरी अपडेट गर्दै भुकम्पबाट अति प्रभावित जिल्लामा अत्यावश्यक भ्रमण मात्र गर्न सुझाव दिएको छ।

काठमाण्डौबाट पोखरा पुग्ने राजमार्गमा यसअघि सबैका लागि भ्रमणमा बन्देज लगाइएकोमा बेलायतले अब भने आफ्ना नागरिकले अत्यावश्यक परेमा उक्त मार्गमा पनि यात्रा गर्न सक्ने जनाएको छ। नेपालमा धेरै पर्यटक आउने पाँचौ देशको रुपमा रहेको बेलायतबाट वर्षेनी ३५ हजार भन्दा बढि पर्यटक आउँछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक