नेपाल आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा औंपचारिक प्रवेश

२० असार २०७२, आईतवार १२:२३ मा प्रकाशित

काठमाडौं, २० असार । नेपाल आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी-२० को बरियताको १५औं स्थानमा प्रवेश गरेको छ । यस संगै नेपाल आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा औंपचारिक रूपमा प्रवेश गरेको छ । आइसिसिले हालै सार्वजनिक गरेको आइसीसी ट्वान्टी–२० वरियतामा नेपालले औंपचारिक रूपमा प्रवेश गरेको हो । हालै नेदरल्यान्ड्समा घरेलु टोलीसँग चार अन्तर्ष्ट्रिय ट्वान्टी-२० खेल खेले लगत्तै नेपालले आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी-२० को बरियता पाएको हो । बरियतामा नेपाल सबैभन्दा अन्तिममा रहेको छ । ट्वान्टी २० अन्तर्राष्ट्रियमा ७ खेलपछि २३५ अंक पाएको नेपालले र्‍याङकिङमा औपचारिक प्रवेश पाएको हो। नेपालको रेटिङ ३४ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन