
तपाईंहरुले संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी पाउनुभए अनुसार मस्यौदा तयार भयो ?
– तयार भएको छ, अब त्यसमा छलफल हुन्छ ।
तपाईंहरुले बहुलवाद संविधानको प्रस्तावनामा राख्न सक्नु भएन नि ?
– मस्यौदा कमिटिको पूmल कमिटिमा बहुलवादको विषयमा बोलेको हौं, हामीले । तर मस्यौदाको लागि एउटा कार्यदल बनाएको छ र त्यसमा आमन्त्रित सदस्यहरु पनि छन् । उहाँहरुले कुन कारणले राख्नु भएन म भन्न सक्तिन ।
तपाईंहरुले दबाब किन दिनु भएन, बहुलवादको विषयमा ?
– हामीले दबाब दिन भनेको बाहिरबाट हो । हामी त आमन्त्रित सदस्य पनि होइन त्यो कार्यदलको । न त हामी त्यो कार्यदलमा छौं । अहिले जुन मस्यौदा आएको छ यसको प्रस्तावलाई पढ्दा कता कता मलाई चीनको संविधानको झलक आइरहेको छ ।
उसो भए कम्युनिष्टहरुको बढी प्रभाव परेको हो त प्रस्तावित संविधानमा ?
– एकदम । त्यसमा कुनै शंका छैन । चीन कै भन्दैछु किनभने बहुलवाद छैन त्यहाँ पनि । जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था भनेको छ संसदीय व्यवस्थापन पनि भनेको छैन एक, दोस्रो कुरा बहुलवाद भन्ने शब्द नै लेखेको छैन । अनि तेस्रो कुरा यो हामीहरुलाई झुक्याउनको निम्ति मौलिक अधिकारको कुरा छ, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका कुरा अल्मल्याउने कुराहरु राखिएका छन् प्रस्तावनामा । बहुलवाद चाहिँ विचार हो । अनि समाजबाट उन्मुख देश भनेको के हो त ? समाजवाद उन्मुख भनेर लेखाउने हाम्रो नेपाली कांग्रेसका कार्यदलमा बसेका आमन्त्रित सदस्यहरुले ? कार्यदलमा बसेका नेपाली कांग्रेसका साथीहरुले बहुलवादको बारेमा खरो भएर उभिन सक्नु भएन । त्यो दुर्भाग्य हो, नेपाली कांग्रेसका लागि ।
तर नेपाली कांग्रेस पार्टीभित्र धर्मलाई लिएर पनि विवाद छ नि ?
– होइन होइन, धर्म निरपेक्ष हुनु हुँदैन भन्दै छु म । त्यो लेख्नै जरुरी छैन । राज्य कस्तो हुने, धर्म निरपेक्ष भनेर किन लेख्ने ?
उसो भए तपाईं धार्मिक स्वतन्त्रताको पक्षमा हुनुहुन्न ?
– होइन, होइन हामी एकदमै छौं । तर राज्य कस्तो हुनुपर्छ भन्दा धर्म निरेपक्ष भनेर लेखेको छ, त्यसलाई हटाउनुपर्छ भन्ने मेरो कुरा हो ।
के त्यो हटाउन एमाले र एमाओवादी पार्टी तयार होलान् ?
– मान्ला÷नमान्ला भन्ने होइन । त्यो कस्तो कुरा हो भने आपूmलाई लागेका कुराहरु, भोगेका कुराहरु हामीले जनतासामू राखिराख्नुपर्छ । आजै यसले मूर्तरुप लिन्छ लिंदैन म भन्न सक्तिन । तर एक दिन आउँछ यसले संविधान बनाउँदाखेरी नै मूर्त रुप लिन्छ भन्ने मलाई लाग्छ ।
कांग्रेसको नेताले मस्यौदा समितिको नेतृत्व गर्नुभएको छ, उहाँले पार्टीको लाईन भन्दा विपरीत गएर यो मस्यौदा तयार गर्नुभएको हो त ?
– उहाँ मात्रै होइन, त्यो समितिमा अन्य सदस्यहरु हुनुहुन्छ, कार्यदलमा पनि हुनुहुन्छ, मस्यौदा समितिमा त छलफल हुँदैन । कार्यदलमा आमन्त्रित नेपाली कांग्रेसका सदस्यहरु छन् । तिनीहरुले भनेर त भन्दिन म “बहुलवाद” । तर छिटो संविधान ल्याउने नाममा सम्झौता गरेर यस्तोखाले सम्झौता गर्नु हुन्न भन्ने मेरो मान्यता हो ।
“बहुलवाद” शब्द तपाईंहरु संविधानमा राख्नैपर्छ भन्ने अडानमा हो ?
– हो, यो राख्नैपर्छ ।
प्रस्तावनामा नि ?
– रहनु परेन । खाली बहुलवाद के भनेर व्याख्या गरिदिए हुन्छ । अनि समाजवाद उन्मुख भनेर लेख्न मिल्छ राज्य चाहिंँ ?
तपाईंहरु कम्युनिष्ट शासनको पद्धतिलाई अपानउँदै हुनुहुन्छ नेपालमा हो ?
– त्यसरी नि भन्नु भएन । तर नेताहरुले भनेको कुरा भूल भएको छ भन्छु म । कार्यदलमा भएका नेताहरु आमन्त्रित सदस्यहरुले बहुलवादको लागि छोडेको हो भने त्यो भूल भएको हो भनेर यसमा कुनै पनि शंका छैन ।
उसो भए कांग्रेसको महामन्त्री कृष्णप्रसाद सिटौलाले भूल गर्नुभएको हो त ?
– होइन, तर छोडेको हो भने त भूल गर्नुभएको हो । यसमा के शंका गर्नुपर्छ र ।
प्रतिक्रिया
सम्बन्धित खवर
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित