काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

५ असार २०६९, मंगलवार ०९:३८ मा प्रकाशित


काठमाडौ, ५ जेठ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । सरकार विरुद्ध घोषणा गरिएको आन्दोलन र पार्टीभित्रको एकताका विषयमा थप छलफल गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरुलाई बहिष्कार सम्मका कार्यक्रम ल्याएको काङ्ग्रेसले अरुदलहरुसँग मिलेर थप आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल गर्नेछ । अहिले देखिएको राजनीतिक संकटको निकास र सरकार विरुद्धका आन्दोलनका कार्यक्रममा नै बैठक केन्द्रित रहने काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । भ्रातृ सस्थाको पुनर्गठनपछिको आन्तरिक एकतासँगै पहिलो पटक देउवा पक्ष सहभागि हुन लागेको बैठकबाट आन्तरिक एकताका थप योजनामा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।